Tuesday, August 30, 2011

अवकास पाउनु दुई साताअघि नै सचिव मन्त्रालयबाट बिदा

काठमाडौं, १३ भदौ- भौतिक योजना तथा निर्माण सचिव पूर्णप्रसाद कडरिया अनिवार्य अवकास पाउनु दुई साताअघि नै मन्त्रालयबाट बिदा भएका छन् । ५८ वर्ष उमेर पूरा गरी भदौ २५ मा अनिवार्य अवकास पाउन लागेका कडरियाले मंगलबारदेखि नै २ साताका लागि बिदा लिएर मन्त्रालय आउन छाडेको जानकारी स्रोतले दिए । उनले आफ्ना मन्त्रालयका सबै कर्मचारीसित अब आफू कार्यालयमा नआउने जानकारी गराउँदै बिदा भएका थिए ।
बिदा सिकंदा उनले स्वतः अवकास पाउनेछन् । कडरिया बिदा बसेपछि भौतिक योजना मन्त्रालयमा वरिष्ठ सहसचिव नारायण गोपाल मलेगोलाई निमित्त सचिवको दायित्व दिइएको छ । कडरिया बिदाइ भएपछि सचिव रिक्त भएका मन्त्रालयको संख्या दुई पुगेको छ । सचिव माधव पौडेलले अनिवार्य अवकास पाएपछि कानुन मन्त्रालयमा पनि दुई महिनादेखि सचिव पद रिक्त छ ।

No comments:

Post a Comment