Sunday, August 28, 2011

दक्षिणी 'शेर' को समर्थनमा बाबुराम प्रधानमन्त्री

पौडेलको हात पुर्पुरामा
नेपालीमा एउटा कहावत छ- गाउँको एउटा शेर गुण्डा जसले िसंगो गाउँका मान्छेलाई तसा्रएर राखेको थियो । उसलाई गाउँलेले एक दिन सोधेछन्- 'शेर साव तपाईं जंगलमा जाँदा साँच्चैको जंगली शेरसँग जम्काभेट भयो भने तपाईंले के गर्नुहुन्छ' गाउँलेलाई शेरले सहज जवाफ दिएछ- 'मैले के गर्ने, जे गर्छ जंगली शेरले नै गर्छ ।' माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा पनि यही शेरको कहावत लागू भयो । उनको जम्काभेट दक्षिणी शेरसँग भयो उनका लागि जे गरिदिनु थियो दक्षिणी शेरले नै गरिदियो अर्थात् मधेशी मोर्चालाई शेरले नै मिलाइदिएपछि भट्टराईलाई प्रधानमन्त्रीको चिठ्ठा पर् यो । धन्य शेर । भट्टराई उक्त शेरप्रति आभार हुनै पर्छ । बाबुरामलाई पहिल्यैदेखि दक्षिणी शेरको आशिर्वाद छ भनिन्थ्यो मधेशी मोर्चाले एक ढिक्का भएर समर्थन गरेपछि उक्त कुरा प्रमाणित नै भएको छ ।
दक्षिणी शेरको आशिर्वाद पाउन नसकेपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका सामु हात पुर्पुरोमा लगाउनुबाहेक कुनै विकल्प बाँकी रहेन । तर उनले एउटा रेकर्ड भने राख्न सफल भएका छन् मुलुकमा सबभन्दा बढी चोटि प्रधानमन्त्रीको प्रत्यासी बनेको । उनी १८ औं पटक प्रधानमन्त्रीको उम्मेदवार भई हारेका हुन् । उनलाई हारको मात्र पीडा छैन धेरैपटक पराजित भएकाले अब अर्कोचोटि पार्टीबाट प्रधानमन्त्रीको प्रत्यासी हुन नदिइने हो कि भन्ने खतरा बढेको छ ।

No comments:

Post a Comment