Thursday, August 11, 2011

सत्ताबाट बहिर्गमनका बेला भौतिक योजनामा व्यापक सरुवा

काठमाडौं, २६ साउन- प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिने घोषणा गरिसकेका बेला भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले आफ्नो मन्त्रालय मातहतका १४ जना सहसचिव सरुवा गरेका छन् ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री खनालले राजिनामा गरी मार्गप्रशस्त गर्न लागिरहेका बेला रायमाझीले हतारहतारमा महत्वपूर्ण विभाग र आयोजनाहरुमा ठूलोमात्रामा हेरफेर गरेका हुन् ।
सबभन्दा बढी बजेट भएको विभाग सडक विभागका महानिर्देशक हरिओम श्रीवास्तवलाई हटाई मन्त्रालयको निर्माण महाशाखामा सरुवा गरिएको छ । दुई वर्षसम्म एक ठाउँमा राख्ने प्रशासनिक परम्पराविपरीत श्रीवास्तवलाई महानिर्देशक भएको छ महिनामै सरुवा गरिएको हो ।
महानिर्देशकमा एसियाली विकास बैंक एडीबी को सहयोगमा साचालित आयोजनाका प्रमुख इन्दु शर्मा ढकाललाई सडक विभागको महानिर्देशकमा बढुवा गरिएको छ । ढकाललाई सडकमा उनीभन्दा वरिष्ठ दुई जना सहसचिव वास्तव र दिनकर शर्मालाई अन्यत्र सरुवा गरी महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
हुलाकी सडक आयोजना प्रमुख गुरुप्रसाद ढकाललाई एडीबी आयोजना प्रमुखमा सरुवा गरिएको छ । सडक सुधार आयोजना प्रमुख हरिकृष्ण भगतलाई हुलाकी सडक आयोजना प्रमुखमा सरुवा गरिएको छ ।
दिगो सहरी यातायात विकास आयोजना प्रमुख सुदर्शन भण्डारीलाई सडक सुधार आयोजना र सडक विभागका उपमहानिर्देशक एवं सम्भार महाशाखा प्रमुख दिनकर शर्मालाई दिगो सहरी यातायात विकास आयोजना प्रमुखमा सरुवा गरिएको छ ।
सम्पत्ति व्यवस्थापन इकाइका प्रमुख विष्णुओम वादेलाई सडक विभागको उपमहानिर्देशक एवं सम्भार महाशाखा प्रमुखमा सरुवा गरिएको छ । जलमार्ग आयोजनाकी प्रमुख प्रमिला बज्राचार्यलाई सडक विभागको सम्पत्ति व्यवस्थापन इकाइ प्रमुखमा सरुवा गरिएको छ ।
भवन तथा सहरी विकास विभागका उपहानिर्देशक रमेश िसंहलाई जगेडामा भवन विभागको पुल दरबन्दीमा सरुवा गरिएको छ । बाहिरी चक्रपथ आयोजना प्रमुख सुनिल कर्णलाई भवनको उपमहानिर्देशकमा भवन विभागको पुल दरबन्दीमा रहेका गंगा गेलाललाई भवन निर्माण सम्भार डिभिजनमा सरुवा गरिएको छ । डिभिजनका प्रमुख सुरजराज कर्णिकारलाई बाहिरी चक्रथप आयोजना प्रमुखमा सरुवा गरिएको छ ।

No comments:

Post a Comment