Tuesday, August 30, 2011

राजनीतिक तथा प्रशासनिक भ्रष्टाचार र विकृति अन्त्य गर्छु : प्रधानमन्त्री

सचिव र सुरक्षा निकाय प्रमुखहरुलाई जनतालाई राहत दिने कार्य गर्न निर्देशन
काठमाडौं, १३ भदौ- प्रधानमन्त्री डा। बाबुराम भट्टराईले राजनीतिक तथा प्रशासनिक संयन्त्रमा रहेको अपारदर्शिता विकृति र भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आफ्नो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गर्ने बताएका छन् ।
नवनियुक्त प्रधानमन्त्री भट्टराई िसंहदरबारमा पहिलोपटक सबै मन्त्रालय र निकायका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन िदंदै सरकारी निकायमा रहेको भ्रष्टाचार र अपारदर्शितालाई अन्त्य गर्न आग्रह गरेका छन् ।
उनले मुलुकमा सुशासन कायम गर्न प्रशासन र सुरक्षा निकायमा आफूले राजनीतिक हस्तक्षेप हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै भने- 'तपाईंहरुले कसैको दबाबमा नपरी कानुनबमोजिम ढुक्क भएर काम गर्नोस् म प्रशासनिक तथा सुरक्षा निकायमा कत्ति पनि हस्तक्षेप गर्दिन र हुन पनि दिन्न ।' प्रधानमन्त्रीले एक महिनासम्म सरकारले कुनै पनि तहका कर्मचारीहरुको सरुवा नगर्ने उल्लेख गर्दै अब कर्मचारीहरुको सरुवा दक्षता र क्षमताका आधारमा हुने आश्वासन दिएका छन् । 'नयाँ सरकारबाट कर्मचारीलाई आंतकित पार्ने कार्य हुँदैन र न्यूनतम एक महिना कसैको पनि सरुवा हुँदैन' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कार्यक्रममा उपस्थित एक सचिवले कान्तिपुरसित भने- 'अब लहडमा सरुवा हुने प्रवृत्तिको अन्त्य हुन्छ । एक महिनापछि हुने कर्मचारीको सरुवा कुनै आग्रह÷पूर्वाग्रहका आधारमा नभई दक्षता र क्षमताका आधारमा हुन्छ ।' प्रशासन संयन्त्रमा रहेको भ्रष्टाचारको जालो अन्त्य गर्न कर्मचारीहरुको अहिलेको तलबसुविधा बढाउनसमेत आफू तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
उनले परराष्ट्र मन्त्रालयमा राहदानी बनाउनेहरुको कहालीलाग्दो भीड र त्यही कारण त्यहाँ बढेको दुर्गन्धका कारण अन्तर्राष्ट्रिय समुदायसामु मुलुकको बेइज्जती भइरहेको उल्लेख गर्दै तत्काल थप जिल्लाबाट एमआरपी राहदानी वितरण गर्ने व्यवस्था गरेर जनतालाई राहत दिनुपर्ने आवश्यकता औंल्याए ।
राजनीतिक नेताहरु अपारदर्शी भएको कारणले पनि मुलुकमा भ्रष्टाचार बढेको स्वीकार्दै उनले सरकारमा बस्ने राजनीतिक नेतृत्वको कमजोरी र स्थायी सरकार प्रशासन संयन्त्र मा रहेको भ्रष्टाचारको जालोलाई हटाई दुवैले मिलेर कार्य गर्नुको विकल्प नभएको बताए । राजनीति र प्रशासन एउटै रथका दुई पांग्रा भएकाले यी दुवै मिलेर मुलुकलाई तीव्र विकासको दिशामा अघि बढाउन सकिने विश्वास उनको थियो ।
निजामती प्रशासनमा विज्ञ व्यक्ति भए पनि प्रशासन संयन्त्र परम्परागत ढाँचामा चल्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस्तो प्रशासनले मुलुकले खोजेको युगीन परिवर्तनलाई आत्मसात गर्न नसक्ने चिन्ता व्यक्त गरे ।' प्रशासनमा पुरानै चिन्तन छ । त्यस्तो चिन्तन बाँकी रहँदासम्म युगीन परिवर्तनअनुरुपका संरचना निर्माण गरे पनि प्रशासन संयन्त्रले काम गर्न सक्तैन । युगीन परिवर्तनलाई आत्मसात गर्न सक्ने गरी तपाईंहरुले आफूलाई विकास गर्नोस्' उनको भनाइ थियो ।
प्रधानमन्त्रीले राजनीतिक अस्थिरताले आम जनता निराश भएको र नयाँ नेपालको सपना अधुरै रहेको उल्लेख गर्दै शान्ति प्रकि्रया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर् याउन र सुशासन कायम गर्न सकेमात्र जनतामा आशाको साचार हुने विश्वास व्यक्त गरे ।
भट्टराईले सबै मन्त्रालय र निकायहरुलाई एक महिनाभित्र जनताले अनुभूति गर्ने गरी राहतका कार्यक्रम बनाएर लागू गर्न निर्देशन दिए । सरकारले जनतालाई तत्काल के राहत दिन सक्छ आ-आफ्ना निकायबाट यथाशक्य चाँडै कार्यक्रम प्रस्ताव गर्नसमेत प्रधानमन्त्रीले आग्रह गरे ।
सरकार र दलका नेताहरुप्रति सर्वसाधारणमा अत्यन्तै निराशा बढेर अन्धकार छाएको मुलुकमा आफू प्रधानमन्त्री चुनिएपछि जनताले जुनकिरीको प्रकाश झैं आशाको उज्यालो देखेको दाबी गरे । उनले त्यो जुनकिरीको उज्यालोलाई निभ्न नदिई मुलुकलाई बिजुलीको जस्तै पूर्ण उज्यालो पार्न सबै एक भएर लाग्नुपर्ने बताए ।
उनले जनतामा आफ्नो नेतृत्वको सरकार नेपालको इतिहासकै सबभन्दा छोटो अवधिको र कमजोर हुन सक्ने आशंकासमेत रहेको उल्लेख गर्दै आफूले वर्तमान सरकारलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
भट्टराईले शान्ति प्रकि्रया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर् याउनु र जनतालाई राहत दिनु आफ्नो सरकारको प्राथमिकता भएको उल्लेख गर्दै शान्ति प्रकि्रयालाई सफल बनाउन सुरक्षा निकायहरुको ठूला भूमिका रहेको र आफूले ती निकायबाट त्यसैअनुरुपको सहयोगको अपेक्षा गरेको बताए ।
माओवादीको नेतृत्वमा पहिलो सरकार बन्दा केही कमीकमजोरी र गल्ती भएको स्वीकार गर्दै अब माओवादीसहित सबैले विगतका गल्तीबाट पाठ सिकेर र असहमतिका बीच सहमति खोजेर मुलुकलाई अघि बढाउनुपर्ने बताए ।

No comments:

Post a Comment