Tuesday, August 9, 2011

सरकारले तीन वर्षमा पहुँचवालालाई २९ करोड बाँड्यो

हायता पाउनेमा पूर्वप्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्रीद्वय अधिकारी र श्रेष्ठ पनि
बलराम बानियाँ/अब्दुल्लाह मियाँ
काठमाडौं, २४ साउन- सरकारले तीन वर्षमा सत्तारुढ तथा विपक्षी पार्टीका प्रभावशाली नेता मन्त्री र सभासद तथा र भातृ संस्था एवं राजनीतिक आवरणमा खुलेका संस्थालाई आर्थिक सहायता र उपचारका नाममा झन्डै २९ करोड रुपैयाँ बाँडेको छ ।
संसदको सार्वजनिक लेखा समितिलाई उपलब्ध गराइएको विवरणअनुसार २०६५ असोजदेख २०६८ जेठसम्मको अवधिमा मन्त्रिपरिषद्को निर्णयका नाममा तत्कालीन प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा हालका झलनाथ खनालका पालामा राज्यको ढुकुटीबाट उक्त परिमाणको रकम बाँडिएको हो ।
पहुँचवाला नेता र व्यक्तिलाई कुनै औचित्य नखुलाई राज्य कोषबाट हचुवाका भरमा सहायता रकम बाँडिएको देखिन्छ । आफैंले उपचार गराउन सक्ने नेता तथा पहुँचवालाले सहायता लिन खोज्ने र सरकारले त्यस्ता व्यक्तिलाई सहजै सहायता दिने प्रवृत्ति आफैंमा गलत रहेको सरकारी अधिकारीहरु बताउँछन् ।
२०६५ असोजदेखि ०६६ असारसम्म ८ करोड २०६६ साउनदेखि २०६७ जेठसम्म करिब १६ करोड र २०६७ साउनदेखि २०६८ जेठसम्म करिब २ करोड रुपैयाँ र यो अवधिमा प्रधानमन्त्री सहायता कोषबाट झन्डै तीन करोड रुपैयाँ बाँडिएको छ ।
प्रधानमन्त्री सहायता कोषबाट भने प्रधानमन्त्रीले आफ्नो पार्टीका नेता तथा कार्यकर्ता र उनीहरुको सिफारिसका व्यक्तिलाई मात्र १० देखि ७५ हजार रुपैयाँसम्म बाँडेका छन् ।
ठूलो आर्थिक सहायता पाएको खुलासा नहोस् भनेर कतिपय प्रभावशाली नेता व्यक्ति तथा कार्यकर्ताको पहिचानसमेत नखोली सहायता दिइएको देखिन्छ । राजधानीमा आलिसान महल बनाएका र सधैं पजेरोमा हिड्ने नेतादेखि पटकपटक प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री भएकाले समेत उपचार खर्चका नाममा लाखौं रुपैयाँ आर्थिक सहायता लिएका छन् । सम्पत्ति विवरणमा ५० लाख रुपैयाँ एउटै बैंक खातामा रहेको देखाएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारंीले समेत २ लाख रुपैयाँ आर्थिक सहायता लिएका छन् ।
दुर्गम क्षेत्रका जनतालाई पखाला लागेको बेला जीवनजल र अनिकालका बेला खाद्यान्नसमेत पुर् याउन नसक्ने सरकारले मन्त्रिपरिषदबाट तजबिजी अधिकारको दुरुपयोग गरी बिना आधार झन्डै २९ करोड रुपैयाँ वितरण गर्नु आफैंमा दुर्भाग्यपूर्ण भएको सरकारी अधिकारी नै बताउँछन् ।
सत्तारुढ पार्टीका भातृ संगठन शुभेच्छुक संघसंस्था पहुँचवाला व्यक्तिले खोलेका संस्थालाई गोष्ठी अधिवेशन भेला गर्ने गर्ने नाममा समेत करोडौं रुपैयाँ बाडिएको छ । सत्तारुढ दलका भातृ संगठनका पदाधिकारी विदेश भ्रमणमा जाँदासमेत ठूलो रकम आर्थिक सहायता दिएर विकासनिर्माणमा खर्च हुनुपर्ने राज्यको ढुकुटीको चरम दुरुपयोग गरिएको छ ।
आर्थिक सहायता पाउनेमा सत्तारुढ माओवादी एमाले विपक्षी कांग्रेस मधेशवादी दलका प्रभावशाली नेता कार्यकर्ता बढी छन् । एकाध जनाको बाहेक अरु धेरैजसोलाई आर्थिक सहायता दिनुको कुनै कारण खुलाइएको छैन । सत्तारुढ र विपक्षी दलका कार्यकर्तालाई आर्थिक सहायता र उपचारका नाममा करोडौं रुपैयाँ बाँडिएको छ । आर्थिक सहायता पाउने भाग्यमानीमा प्रधानमन्त्री मन्त्री प्रभावशाली नेताको गृह जिल्ला र निर्वाचन क्षेत्रका कार्यकर्ता र सहयोगी बढी छन् । सबभन्दा बढी सहयोग प्रधानमन्त्रीका गृह जिल्लाका कार्यकर्ताले पाउने गरेका छन् ।
गरिबी र अभावका कारण उपचार गर्न नसक्ने व्यक्तिहरुलाई मात्र आर्थिक सहायता दिने कानुनी व्यवस्था र प्रचलन भए पनि सरकारले आर्थिक हैसियत राम्रो भएका कुनै रोग नलागेका प्रभावशाली नेता तथा पहुँचवाला व्यक्तिलाई ठूलो रकम आर्थिक सहायता दिने गरेको छ । गरिबीका कारण उपचार खर्च पाउनुपर्ने वास्तविक हकदारले भने पहुँचको अभावमा आर्थिक सहायता नै नपाउने गरेको सरकारी अधिकारी नै बताउँछन् ।
माओवादी र एमालेका नेताले खोलेका तीन संस्था जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवल इच्छुक सांस्कृतिक प्रतिष्ठान काठमाडौं र नेत्र अभागी स्मृति प्रतिष्ठान घोराहीलाई सबभन्दा बढी ५० लाखका दरले डेढ करोड रुपैयाँ दिइएको छ । के कार्यक्रमका लागि ती संस्थालाई त्यति ठूलो रकम दिइएको हो भन्ने कुरा मन्त्रिपरिषदको निर्णयमा उल्लेख छैन ।
राजधानीमा एसियाली पार्टीहरुको शान्ति सम्मेलन गर्ने भनेर शान्ति तथा ऐक्यबद्धता परिषदका नाममा बुटवलका यशोदा पाण्डे र रुपन्देहीका भुवन आचार्यलाई २०६६ र २०६७ मा गरी १९ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता दिइएको छ । परिषदको कार्यालय कहाँ छ कहिले सम्मेलन गर् यो सरकारलाई समेत केही थाहा छैन । सम्मेलनका नाममा त्यति ठूलो रकम लाने पाण्डे र आचार्य को हुन् र कसको सिफारिसमा उनीहरुलाई रकम दिईएको हो भन्ने खुलेको छैन ।
सबभन्दा बढी आर्थिक सहायता पाउनेमा भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल छन् । उनलाई वर्षेनी १२ लाख रुपैयाँका दरले सहायता दिइएको विवरणमा छ । तीन वर्षमा उनले ३६ लाख रुपैयाँ पाएका छन् । व्यक्तिगत गाडी मर्मतका एमालेका पूर्वसांसद सोमप्रसाद पाण्डेलाई करिब सात लाख रुपैयाँ सहयोग दिइएको छ ।

कसले कति लिए ?
१। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा५ लाख ६९ हजार १५५
२। कांग्रेस सभापति सुशील कोइराला ३ लाख २५ हजार
३। अर्थमन्त्री भरतमोहन अधिकारी २ लाख
४। पूर्वमन्त्री आमोदप्रसाद उपाध्याय५ लाख
५। पूर्व सांसद् सोमप्रसाद पाण्डे६७०७७१
६। पूर्वमन्त्री मात्रिकाप्रसाद यादव७ लाख
८। भूटानी नेता टेकनाथ रिजाल३६ लाख
९। सभासद कृष्णप्रसाद दाहाल५ लाख
१०। सभासद राजकुमार नाल्बो१३ लाख
११। सभासद ओमप्रकाश केसी७ लाख ।
१२। पूर्वमन्त्री वामदेव गौतम१८ लाख ९० हजार
१३। पूर्वमन्त्री अर्जुननरिसंह केसी५ लाख
१४। मन्त्री महेन्द्र पासवान५ लाख
१५। मन्त्री जयपुरी घर्ती४ लाख ५० हजार
१६। सभासद् शान्ता चौधरी ७ लाख
१७। सभासद् नेत्रप्रसाद पन्थी३ लाख
१८। पूर्वमन्त्री जितबहादुर दर्जी२ लाख ५० हजार
१९। मधेशी नेता रामराजाप्रसाद िसंह५ लाख
२०। पूर्व कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारी५ लाख
२१। लेखक मदनमणि दीक्षित५ लाख
२२। एमाले नेतृ माया ज्ञवाली२ लाख
२३। पूर्वमन्त्री विद्या भण्डारी८ लाख १० हजार
२४। पूर्वमन्त्री डिल्लीबहादुर महत५ लाख
२५। पूर्वमन्त्री रकम चेम्जोङ११ लाख ५० हजार
२६। सभासद जया घिमिरे३ लाख
२७। पूर्वमन्त्री रघुजी पन्त६ लाख ०६७÷०२÷२४
२८। एमाले कार्यकर्ता यादवचन्द्र शर्मा२ लाख
२९। पूर्वमन्त्री खेमराज भट्ट५ लाख ५० हजार
३०। सभासद् महेश यादव३१ लाख
३१। सभासद् कमला शर्मा१ लाख
३२। पूर्व सांसद सोहन चौधरी१ लाख
३३। सभासद् शान्ति बस्नेत अधिकारी१ लाख
३४। एमाले नेतृ कल्याणी खड्का३ लाख
३५। पूर्वमन्त्री कृष्ण सिटौला३ लाख ४६ हजार
३६। पूर्वमन्त्री प्रेमबहादुर िसंह२ लाख
३७। सभासद् चन्द्रदेव जोशी५ लाख
३८। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ१० लाख
३९। सभासद् सत्य पहाडी१ लाख
४०। सभासद् ताराकुमारी घर्ती२१ लाख
४१। मन्त्री उर्मिला अर्याल२ लाख
४२। पूर्वमन्त्री मानबहादुर विश्वकर्मा१ लाख
४३। सभासद् सल्मा खातुन मिकरानी २ लाख
४४। पूर्व मन्त्री पद्मसुन्दर लावती२ लाख
४५। पूर्व सांसद आनन्द ढुंगाना१ लाख
४६। सभासद धीरेन्द्र श्रेष्ठ१ लाख
४७। पूर्वमन्त्री जगतबहादुर बोगटी५ लाख
४८। सभासद् मीनादेवी सोव१ लाख
४९। पूर्वमन्त्री अशोक राई१ लाख
५०। सभासद् नन्दनकुमार दत्त२ लाख
५१। सभासद् हेमराज तातेड१ लाख
५२। सभासद् ज्वालाकुमारी साह१ लाख
५३। पूर्वमन्त्री लीला कोइराला२ लाख










No comments:

Post a Comment