Wednesday, August 10, 2011

बुढी गण्डकी विकास समिति गठन हुने

काठमाडौं, २५ साउन- सरकारले ६ सय मेगावाट क्षमताको बुढी गण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउन अधिकारसम्पन्न विकास समिति गठन गर्ने भएको छ । ऊर्जा मन्त्रालयले बुढी गण्डकी जलविद्युत् आयोजना विकास समिति गठन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ ।
सबभन्दा बढी ऊर्जाको माग भएको राजधानी लोड सेन्टर बाट सबभन्दा नजिकको बुढी गण्डकी आयोजनालाई प्राथमिकता दिई निर्माण कार्य अघि बढाउन सरकारले छ महिनादेखि थप इन्जिनियरिङ अध्ययन कार्य सुरु गरिसकेको छ ।
सरकारले पूर्वअर्थसचिव रामेश्वर खनाललाई अध्यक्ष राखी समिति गठन गर्ने तयारी गरेको छ । सरकारले खनाललाई मनाउने प्रयास गरिरहेको स्रोतको दाबी छ । समितिमा नेपालीमात्रको लगानीमा चिमिले जलविद्युत् आयोजनाको सफल निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा। डम्बरबहादुर नेपालीलाई समेत राख्ने प्रस्ताव ऊर्जा मन्त्रालयको छ ।
विकास समितिले आन्तरिक तथा बाह्य स्रोत विदेशी सहयोग तथा ऋण लगानीको स्रोत जुटाई आयोजना निर्माण गरी विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्नेछ । पाचायतकालमा ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत् आयोजनासमेत विकास समिति बनाएर निर्माण गरिएको थियो ।

No comments:

Post a Comment