Monday, August 22, 2011

खनाललाई पनि पदबाट बाहिरिएपछि चमेलिया गाडी

काठमाडौं, ५ भदौ- सरकारले सत्ताबाट बाहिरिन लागेका प्रधानमन्त्री झलनाथ खनालका लागि चमेलिया जलविद्युत् आयोजनाको महँगो विलाशी गाडी खरिद गर्न प्रकि्रया अघि बढाएको छ । प्रधानमन्त्री कार्यालयका नाममा खरिद गरिने उक्त गाडी सत्ताबाट बाहिरिएपछि पूर्व प्रधानमन्त्रीको हैसियतमा खनाललाई दिने तयारी भइरहेको जानकारी उनी निकट उच्च स्रोतले दिएका छन् ।
सरकारले चमेलिया जलविद्युत् आयोजनाको टोयोटा प्राडो गाडी १ करोड २ लाख रुपैयाँ कर छुट मूल्य मा खरिद गर्ने प्रकि्रया सुरु गरेको छ । चमेलियाको आयोजनाका परामर्शदाताका निम्ति कर छुटमा खरिद गरिएको बा ५ च १०२६ नं। को गाडी तत्कालीन जलस्रोत मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालादेखि वर्तमान ऊर्जा मन्त्री गोकर्ण बिष्टसम्मले चढेका थिए । बिष्टले हालै उक्त गाडी विद्युत् प्राधिकरणमार्फत् आयोजनालाई फिर्ता गरेका थिए ।
पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पूर्व प्रधानमन्त्रीको हैसियतमा चमेलिया आयोजनाकै क्रमशः बा ५ च १०२९ र १०३० नंं को गाडी चढ्दै आएका छन् । खनालले पनि आफ्ना दुई पूर्ववर्तीको जस्तै चमेलियाकै विलाशी गाडी चढ्न मन्त्रिपरिषद सचिवालयलाई खरिद प्रकि्रया अघि बढाउन लगाएका हुन् । दाहाल र नेपालले आफू पदमा हुँदा चढेको गाडी सत्ता बहिर्गमनपछि जबर्जस्ती लगेर चढेका थिए । पछि सरकारले निर्णय गरी दाहाल र नेपाललाई उनीहरुले लगेकै गाडी पूर्वप्रधानमन्त्रीको हैसियतमा चढ्न दिएको हो ।
दाहालले आफूले चढेको गाडी लैजाँदा भावी प्रधानमन्त्रीका लागि चमेलियाकै अर्को गाडी व्यवस्था गरिदिएका थिए । तर नेपालले भने आफूले प्रधानमन्त्री हुँदा चढेको चमेलियाको गाडी पदबाट बाहिरिएपछि जबर्जस्ती लगेपछि नयाँ प्रधानमन्त्री खनाललाई सुरुमा गाडीको अभाव भएको थियो । मन्त्रिपरिषद सचिवालयले खनाललाई तत्कालीन स्थानीय विकास सचिव कृष्ण ज्ञवालीको गाडी ल्याएर व्यवस्था गरेको थियो । खनालले अहिले त्यही गाडी चढ्दै आएका छन् ।

No comments:

Post a Comment