Friday, August 12, 2011

मन्त्रिपरिषदद्वारा १६ डीआईजीको सरुवा

काठमाडौं २७ साउनं- सरकारले १६ जना प्रहरी नायव महानिरीक्षक डीआईजी को सरुवा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले गृह मन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा प्रहरीका उच्च अधिकारीहरुको ठूलो सख्यामा हेरफेर गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरका अनुसार क्षेत्रीय प्रहरी कार्यालय विरानगरका डीआईजी विनोद िसंहलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख उपेन्द्रकान्त कार्यालयलाई अपराध अनुसन्धान ब्युरोमा, सुरक्षा परिषदका नारायणप्रसाद बस्ताकोटीलाई विमानस्थलमा, अपराध अनुसन्धान ब्युरोका राजेन्द्रिसंह भण्डारीलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरा, महानगरीय आयुक्तको कार्यालयका सुरेन्द्रबहादुर शाहलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका केदारप्रसाद साउदलाई ट्रापिक निर्देशनालयमा, ट्राफिकका विज्ञानराज शर्मालाई अन्वेषण योजना निर्देशनालयमा, सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका गणेशराज राईलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा, लागू औषध नियन्त्रण कार्यान्वयन इकाइ वीरेन्द्रबाबु श्रेष्ठलाई मध्यमााचल क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा, अन्वेषण योजना निर्देशनालयका यादव अधिकारीलाई लागू औषध नियन्त्रक कानुन कार्यान्वयन इकाइमा, प्रहरी प्रधान कार्यालयमा विश्वराजिसंह शाहीलाई क्षेत्रीय प्रहरी कार्यालय दीपायलमा, प्रहरी प्रधान कार्यालयका परशुराम खत्रीलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।
सुडान घोटाला प्रकरणमा निलम्बित डीआईजीद्वय रमेशविक्रम शाह र टपेन्द्रध्वज हमालको दरबन्दी प्रहरी प्रधान कार्यालयमा सारिएको छ ।
साचय कोषको अध्यक्षमा पाठक
सरकारले कर्मचारी साचय कोषको साचालक समितिको अध्यक्षमा प्रतापकुमार पाठकलाई नियुक्त गरेको छ । पाठक सामान्य प्रशासन मन्त्रालयका सचिव हुन् । चीनले १ अर्ब ६७ करोड अनुदान सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले चीनको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रसारण लाइनको सुरक्षा जिम्मा सेनालाई
खिम्ती -ढल्केबर प्रसारण लाइनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।
आयल निगमको झा निष्काशित
सरकारले आयल निगमका कार्यकारी निर्देशक दिगम्बर झालाई अवकास दिएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा कार्यकारी निर्देशक नियुक्त झालाई उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले निष्काशन गरेको हो ।
सचिवको राजिनामा स्वीकृत
सरकारले संस्कृति सचिव मोदराज डोटेलले दिएको राजिनामा स्वीकृत गरेको छ । डोटेलले लुम्बिनी विकास कोषमा विवादास्पद संस्थाको सहयोगसम्बन्धमा संस्कृति मन्त्री खगेन्द्र प्रसाईंले अनावश्यक दिएको भन्दै पदबाट राजिनामा दिएका थिए ।

No comments:

Post a Comment