Wednesday, August 3, 2011

डा। बम प्रधानमन्त्रीको वरिष्ठ स्वाथ्यविज्ञ नियुक्त

काठमाडौं, १८ साउन- सरकारले लामो समयदेखि अतिरिक्त समूहमा रहेका वरिष्ठ चिकित्सक डा। दीर्घिसंह बमलाई प्रधानमन्त्रीको वरिष्ठ स्वास्थ विज्ञमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले प्रधानमन्त्रीको सल्लाहकार समूहमा रहने गरी उनलाई विज्ञमा नियुक्त गरेको जानकारी स्रोतले दिए ।
स्रोतका अनुसार उनलाई विशिष्ट श्रेणीको कर्मचारी सरह सेवासुविधा पाउने गरी विज्ञ नियुक्त गरिएको हो । स्वास्थ्य सचिवमा डा। सुधा शर्मा डा। प्रवीण मिश्रलाई बढुवा गरिएपछि उनीहरुभन्दा वरिष्ठ बमलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको थियो ।
निजामती ऐन तथा नियमावलीविपरीत एक वर्षभन्दा बढी अतिरिक्त समूहमा रहेका बमलाई प्रधानमन्त्रीको सल्लाहकार समूहमा नियुक्त गरी बस्ने कार्यकक्षसहित काम दिइएको हो । उनको पद भने सामान्य प्रशासनको अतिरिक्त समूहमा नै राखिएको छ ।
डोलिडारको महानिर्देशकमा बस्नेत
स्थानीय विकास मन्त्रालय मातहतको ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलिडार को महानिर्देशकको जिम्मेवारी भूपेन्द्र बस्नेतलाई दिएको छ । स्थानीय विकासमन्त्री उर्मिला अर्यालको प्रस्तावमा विभागका महानिर्देशक धनबहादुर तामाङलाई मन्त्रालयमा जगेडामा सरुवा गरी वरिष्ठ उपमहानिर्देशक बस्नेतलाई बढुवा गरिएको हो ।

No comments:

Post a Comment