Wednesday, August 3, 2011

बागमतीमा बस्नेत र पशुपतिमा नाहटाको पुनर्बहाली

काठमाडौं, १८ साउन- सर्वोच्च अदालतले अधिकारसम्पन्न बागमती क्षेत्र ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिको कार्यकारी अध्यक्षमा महेश बस्नेतलाई पुनर्बहाली गरेको छ । सर्वोच्चले समितिको गठन आदेशको व्यवस्थाविपरीत सफाइको मौकासमेत नदिई बस्नेतलाई अवकास दिइएको भन्दै उनलाई पुनर्बहाली गरेको हो ।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारको पालामा नियुक्त बस्नेतलाई नयाँ भौतिक योजना मन्त्री टोपबहादुर रायमाझीले हटाई आफ्नो पार्टी एकीकृत माओवादीका कार्यकर्ता प्रेमबहादुर िसंहलाई कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए ।
सर्वोच्चले पशुपति विकास कोषका निष्काशित सदस्यसचिव सुशील नाहटा कोषाध्यक्ष नरोत्तम वैद्य र पाँच सदस्यसहित सात जनालाई पुनर्बहाली गरेको छ । संस्कृति मन्त्री खगेन्द्र प्रसाईंले अघिल्ला मन्त्री डा। मिनेन्द्र रिजालको पालामा कोषमा नियुक्त पदाधिकारीलाई हटाई आफ्ना भतिजा लक्ष्मी प्रसाईंसपहित सात जना नियुक्त गरेका थिए । सर्वोच्चले मन्त्री प्रसाईंको बर्खास्ती र नयाँ नियुक्तिको निर्णय बदर गरेको हो ।

No comments:

Post a Comment