Friday, August 26, 2011

सचिवसँग कुरा नमिलेपछि सीडीओको सरुवा

मोरङमा पोखरेल कामु सीडीओ
काठमाडौं, ९ भदौ- मोरङका प्रमुख जिल्ला अधिकारी सीडीओ सुरेश अधिकारीलाई गृह मन्त्रालयमा झिकाइएको छ । गृह मन्त्रालयले विराटनगरमा सुरक्षा अधिकारीहरुको क्षेत्रीय सम्मेलन गर्दा गृह सचिव लीलामणि पौडेलसित अधिकारीकोखटपट परेपछि उनलाई मन्त्रालयमा सारिएको हो । क्षेत्रीय सम्मेलनको व्यवस्थापनका बारेमा पौडेलले अधिकारीसित असन्तुष्टि प्रकट गरेपछि दुई जनाबीच खटपट भएको गृहका एक अधिकारीले जानकारी दिए ।
सचिवसित कुरा नमिलेपछि अधिकारीलाई उनको चाहनाअनुसार नै मन्त्रालयमा सारिएको दाबी गृह मन्त्रालय स्रोतले गरेको छ । स्रोतका अनुसार मन्त्रालयमा झिकाइएपछि अधिकारी गृहबाट अन्य मन्त्रालयमा सरुवा हुने प्रयासमा लागेका छन् । मोरङमा लेखनाथ पोखरेललाई कायममुकायम सीडीओ बनाइएको छ । उनलाई सप्तरीको सहायक सीडिीओबाट मोरङमा सरुवा गरिएको हो ।

No comments:

Post a Comment