Wednesday, August 31, 2011

पूर्व गृहमन्त्री रावलले कार िदंदा पनि विलाशी गाडी फिर्ता गर्न मानेनन्

गाडी फिर्ता नगर्नेको सूचीमा पूर्व गृहमन्त्रीद्वय ओली खड्का र अमरेश
काठमाडौं, १४ भदौ- पूर्व गृह मन्त्री भीम रावलले सरकारी आदेशको अवज्ञा गरी आफूले जबर्जस्ती लगेको मित्सुबिसी प्राडो गाडी फिर्ता गर्न अस्वीकार गरेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार गृह मन्त्रालयले हालै रावललाई विलाशी गाडीको सट्टा सरकारी सुविधाकै टोयोटा कार उपलब्ध गराउँदा पनि मित्सुबिसी प्राडो फिर्ता गर्न अस्वीकार गरेका हुन् । रावलले सरकारले आफूलाई अर्को गाडी उपलब्ध गराएमा मित्सुबिसी प्राडो फिर्ता गर्छु भनी गृह मन्त्रालयसमक्ष गरेको लिखित प्रतिबद्धताविपरीत उनले विलाशी गाडी छाड्न अस्वीकार गरेको स्रोतले उल्लेख गरेको छ ।
रावलले पदबाट बहिर्गमन हुँदा आफू गृह मन्त्री हुँदा चढेकै गाडी जबर्जस्ती लगेका थिए संसदको सार्वजनिक लेखा समितिको निर्देशनअनुसार गृह मन्त्रालयले पत्र पठाई केही समयअघि रावललाई मित्सुबिसी गाडी फिर्ता गर्न निर्देश गरेको थियो । त्यसको प्रत्युत्तरमा रावलले गृह मन्त्रालयलाई पत्र पठाई अर्को गाडी उपलब्ध गराएमा आफूले मित्सुबिसी प्राडो फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ुतर सरकारले रावललाई टोयोटा कार लगेर िदंदा पनि मित्सुबिसी प्राडो फिर्ता गर्न मानेनन् । उनले आफूलाई जापानी जिप दिइएमात्रै मित्सुबिसी प्राडो फिर्ता गर्छु कार दिएर हुँदैन भन्दै गृहका कर्मचारीसित रिसाएका थिएु स्रोतले भने । रावलले आफू गृह मन्त्री हुँदा उक्त गाडी आफूले लान भन्सार छुटमा ९० लाख रुपैयाँमा खरिद गरेका थिए ।
लेखा समितिको निर्देशनअनुसार पूर्व गृह मन्त्रीद्वय रावल र गौतमलाई उनीहरुले पदमा बहाल हुँदा जबर्जस्ती लगेको गाडी फिर्ता गर्न गृह मन्त्रालयले आग्रह गरेको थियो । गृहको आग्रहबमोजिम गौतमले भने विलाशी गाडी फिर्ता गरिसकेका छन् गृहले उनलाई अर्को गाडी उपलब्ध गराइसकेको छ । सरकारले पूर्व गृह मन्त्रीहरुलाई पदबाट बाहिरिएको तीन वर्षसम्म गाडी सुविधा दिने व्यवस्था छ सोही व्यवस्थाअनुसार सरकारले रावलको विलाशी गाडी फिर्ता गरेर अर्को दिन खोजेको हो ।
यसैबीच दुई पूर्व गृह मन्त्रीद्वय केपी शर्मा ओली र पूर्णबहादुर खड्काले पनि सरकारको निर्देशनलाई बेवास्ता गर्दै गाडी फिर्ता गर्न अस्वीकार गरेका छन् । गृह मन्त्रालयले पदबाट बाहिरिएको तीन वर्ष बढी भइसकेका पूर्व गृह मन्त्रीहरु पौडेल ओली खुमबहादुर खड्का र पूर्णबहादुर खड्कालाई सरकारी सुविधाको गाडी फिर्ता गर्न निर्देशन दिएको थियो ।
सरकारको आग्रहबमोजिम पूर्व गृह मन्त्रीहरु रामचन्द्र पौडेल खुमबहादुर खड्काले गाडी सुविधा फिर्ता गरिसकेका छन् तर ओली र खड्काले भने गृह मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि गाडी फिर्ता गर्न अटेर गरिरहेको जानकारी स्रोतले दिए ।
स्रोतका अनुसार बिना हैसियत सरकारी गाडी चढ्दै आएका पूर्व सांसद अमरेकुमार िसंहले समेत गृह मन्त्रालयको निर्देशनको अवज्ञा गरेका छन् । गाडी सुविधा पाउने हैसियत नभए पनि िसंहलाई तत्कालीन गृह मन्त्री कृष्ण सिटौलाको पालामा सरकारबाट निर्णय गराई गाडी सुविधा र सुरक्षाकर्मी दिइएको थियो । उनको गाडी चालकसमेत प्रहरी जवान नै दिइएको छ ।
गृह मन्त्री र सांसद भइसकेको व्यक्तिले सरकारको आदेशलाई अटेर गरी गाडी फिर्ता नगर्नु कानुनी शासनको उल्लंघन भएको टिप्पणी सरकारी अधिकारीको छ । 'संसदीय समितिको निर्देशनबमोजिम गाडी फिर्ता माग्दा पनि जिम्मेवार नेताले अटेर गर्नु कानुनी दुरुपयोग र बल मिच्याइँ हो' ती अधिकारीले भने ।

No comments:

Post a Comment