Monday, August 1, 2011

डोलिडारको महानिर्देशकमा बस्नेत

काठमाडौं, १६ साउन- सरकारले स्थानीय विकास मन्त्रालय मातहतको ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलिडार को महानिर्देशकको जिम्मेवारी भूपेन्द्र बस्नेतलाई दिएको छ । स्थानीय विकास मन्त्री उर्मिला अर्यालको प्रस्तावमा विभागका महानिर्देशक धनबहादुर तामाङलाई मन्त्रालयमा जगेडामा सरुवा गरी वरिष्ठ उपमहानिर्देशक बस्नेतलाई बढुवा गरिएको हो ।
स्थानीय विकासले शर्मालाई आफ्नै मन्त्रालयमा खुल्न लागेको प्राविधिक महाशाखामा राख्ने या शान्ति मन्त्रालयमा रिक्त पदमा सरुवा गर्ने भन्नेबारेमा एक÷दुई दिनमा निर्णय गर्ने जानकारी स्रोतले दिए । शान्ति मन्त्रालयमा सिभिल इन्जिनियरिङ समूहका सहसचिव दीपेन्द्रनाथ शर्मा खुल्ला प्रतिस्पर्धाबाट विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि पद रिक्त छ ।

No comments:

Post a Comment