Thursday, September 1, 2011

लोकतान्त्रिक र प्रगतिशील संयुक्त गठबन्धनद्वारा उम्मेदवार घोषणा

इन्जिनियस्र एसोसिएसनको चुनाव भदौ ३० मा
काठमाडौं, १५ भदौ- नेपाल इन्जिनियस्र एसोसिएसनको आगामी भदौ ३० मा हुने १५ सदस्यीय केन्द्रीय नेतृत्वका लागि कांग्रेस निकट लोकतान्त्रिक समूह र माओवादी-एमाले निकट इन्जिनियरहरुको संयुक्त गठबन्धन प्रगतिशील तथा गणतान्त्रिक समूहले आ-आफ्ना उम्मेदवार घोषणा गरेका छन् । दुई वर्षे कार्यकालका लागि हुन लागेको चुनावका लागि दुवै समूहले प्रचारप्रसार अभियानसमेत सुरु गरेका छन् ।
कांग्रेस निकट लोकतन्त्रवादी समूहले वरिष्ठ इन्जिनियर हरेराम श्रेष्ठ तथा माओवादी र एमाले निकट इन्जिनियरहरुको संयुक्त गठबन्धन प्रगतिशील तथा गणतान्त्रिक समूहले विद्युत् विकास विभागका महानिर्देशक महन्द्रबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।
सधैं लोकतन्त्रवादीको वर्चस्व रहँदै आएको एसोसिएसनमा माओवादी र एमाले निकट इन्जिनियरहरुले लोकतान्त्रिक समूहलाई टक्कर दिनका लागि चुनावी गठबन्धन गरी संयुक्त प्यानल बनाएर चुनावमा उत्रिएका हुन् ।
लोकतान्त्रिक समूहका उम्मेवारमा उपाध्यक्षमा दिलीपकुमार झा, महासचिवमा अनुराधा शर्मा अधिकारी, उपमहासचिवमा दीपकबाबु कँडेल, कोषाध्यक्षमा शैलिता मानन्धर जोशी तथा सदस्यहरुमा सुसन वैद्य, रमेश कार्की, निर्पेन्द्र धिताल, नारायण अधिकारी, रोहिणी पौडेल, विकास पोखरेल, प्रकाश अर्याल, भरत पाण्डेय, प्रमोद कार्की र रामु पौडेल छन् ।
त्यसैगरी प्रगतिशील तथा गणतान्त्रिक समूहका उम्मेवारमा उपाध्यक्षमा शिवजी साह, महासचिवमा रामेश्वर लामिछाने, उपमहासचिवमा सुरज लामिछाने, कोषाध्यक्षमा आनन्द श्रेष्ठ तथा सदस्यहरुमा भेषराज थापा, शालिग्राम पराजुली, विनोद भट्टराई, विरोध रिजाल, चुडाराज ढकाल, किशोरचन्द्र बानियाँ, प्रकाश अधिकारी, पूर्णबहादुर कुँवर, अाजु उदास र सन्तोष यादव छन् ।

No comments:

Post a Comment