Thursday, July 17, 2014

कांग्रेसले वीपीको जन्मशताब्दी अभियानका रूपमा मनाउने

काठमाडौं, १ साउन– कांग्रेसले आफ्ना संस्थापक नेता वी.पी. कोइरालाको जन्मशताब्दीलाई तीन सातासम्म देशव्यापी विभिन्न कार्यक्रम गरी विशेÈ अभियानका रूपमा मनाउने भएको छ । कांग्रेसका तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेलले बिहीबार पत्रकार सम्मेलन गरी साउन ६ को स्मृति दिवसदेखि भदौ २४ को जन्म दिवससम्म वी.पी. कोइराला जन्मशताब्दी कार्यक्रमलाई पार्टीले अभियानका रूपमा मनाइने घोषणा गरेका हुन् ।
अभियानका क्रममा नया“ पुस्तालाई कांग्रेस र वीपीको योगदान तथा महत्ववारे जानकारी गराउने तथा समयमै संघीय लोकतान्त्रिक गण्ँतन्त्रात्मक संविधान निर्माण्ँ गर्न अनुकुल वातावरण्ँ बनाउन सहयोग पु¥याउने उद्धेश्यका साथ जिल्लाहरूमा विभिन्न कार्यक्रमसहित वी.पी. विचार यात्रा आयोजना गर्नेछ ।
कांग्रेसद्वारा जारी विज्ञप्तिका अनुसार पहिलो दिन साउन ६ मा विराटनगरस्थित जुट मिल हातामा वृÔारोपण्ँ, विचारसभा, प्रजातन्त्र सेनानी सम्मान कार्यक्रम आयोजना हुनेछ । भदौ १ गतेबाट धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर र काठमाडौंसम्म वीपीलाई बास राखिएको, खाना–खाजा खुवाइएको तथा अन्य ऐतिहासिक महत्व बोकेका स्थानमा विचार यात्रा सञ्चालन गरिनेछ ।

ओखलढुंगामा कवि गोष्ठी तथा वीपीको पुख्र्यौलीथलो सिन्धुलीको दुम्जामा बृहत स्वास्थ्य शिविर आयोजना गरिनेछ । देशका सबै जिल्लामा कम्तीमा एउटा विशेÈ कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ । भदौ २३ मा काठमाडौंको विशालनगरमा विशेÈ विचारसभा आयोजना गरिनछे । वीपीलाई लामो समयसम्म बन्दी बनाएको सुन्दरीजल (हालको वी.पी. संग्रहालय) मा भदौ २४ मा आएर विचारयात्रा समापन हुने कांग्रेसले उल्लेख गरेको छ ।

No comments:

Post a Comment