Monday, July 7, 2014

कांग्रेसद्वारा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५ करोड माग

कांग्रेस पदाधिकारी बैठक
काठमाडौं, २२ असार– प्रमुख सत्तारूढ दल कांग्रेसले प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५÷५ करोड रुपैया“ छुट्टयाउनका लागि पार्टीको तर्फबाट सरकारलाई आग्रह गर्ने निणर््ँय गरेको छ । 
कार्यवाहक सभापति रामचन्द्र पौडेलले अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले सभासदहरूले योजना छनौट र अनुगमन गर्ने गरी २ सय ४० वटै क्षेत्रमा ५÷५ करोड रुपैया“का दरले निर्वाचन Ôेत्र विकास कार्यक्रम दिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
सभासदहरूलाई प्रत्येक वर्ष दिंइदै आएको १०÷१० लाख रुपैया“ सांसद विकास कोषको रकम दुरुपयोग हु“दै आएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ५÷५ करोड रुपैया“ दिंदा झन् बढी दुरुपयोग हुन सक्ने भन्दै सबैतिरबाट यो प्रस्तावको विरोध हु“दै आएको छ ।
पदाधिकारी बैठकले प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५÷५ करोड रुपैया“ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने निणर््ँय गरेको जानकारी महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
कांग्रेस संसदीय दल र केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले समेत प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५ करोड रुपैया“ दिनुपर्ने प्रस्ताव पारित गरेको थियो । निर्देशिका बनाएर सरकारी निकायमार्फत् सभासदले छनौट गरेका योजनामा खर्च गर्ने निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्नुपर्ने धारणा कांग्रेसको छ ।

कार्यवाहक सभापति पौडेलले भने निर्वाचन क्षेत्र विकास कार्यक्रम शीर्Èकमा बजेट छुट्टयाउनेबारे पार्टीमा छलफल भए पनि निष्कर्Èमा भने पुगिनसकिएको दाबी गरे । उनले अहिलेको सांसद विकास कोषको सट्टा सांसदहरूसहितको संयन्त्रले छनौट गरेका योजनामा सरकारी निकायले खर्च गर्ने गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यक्रमबाट बजेट निकास गर्नेबारे छलफल भइरहेको बताए ।
सिंहका अनुसार बैठकमा आगामी बजेट, मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही तथा प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थाबारेसमेत छलफल भएको थियो । बैठकमा कांग्रेसका मन्त्रीहरूको समेत सहभागिता थियो ।




No comments:

Post a Comment