Tuesday, July 8, 2014

एडीबीले लोडसेडिङ अन्त्य गर्न १८ अर्ब सहयोग गर्ने

काठमाडौं, २४ असार– एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई बढ्दो बढ्दो लोडसेडिङ अन्त्य गर्न १८ करोड डलर (करिब १८ अर्ब रुपैया“) सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । एडीबीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नेपाललाई ऋण दिने प्रस्ताव स्वीकृत गरेको जानकारी अर्थमन्त्रालयका एक अधिकारीले दिएका छन् ।
एडीबीले ऊर्जा क्षेत्रमा गर्न लागेको यो सबभन्दा ठूलो सहयोग हो । यो सहयोगबाट विद्युत् प्राधिकरणले प्रस्तावित र निर्माणाधीन जलविद्युत् आयोजनासम्म प्रसारण लाइनको निर्माण र तथा मौजुदा प्रसारण लाइनको स्तरोन्नतिलगायतको कार्य गर्ने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार उक्त सहयोगबाट विद्युत् लाइन नपुगेको ठाउ“मा प्रसारण लाइन विस्तार, ट्रान्सफर्मरका लागि थप सबस्टेसनसमेत निर्माण गरिनेछ । विभिन्न ठाउ“मा सबस्टेसन बनेपछि निर्माणाधीन र प्रस्तावित आयोजनाबाट निस्कने बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिनेछ । यसबाट प्रसारण लाइनको अभावले रोकिएका दर्जनौं जलविद्युत् आयोजना निर्माण गर्न बाटो खुल्नेछ ।
प्राधिकरणले सबभन्दा बढी बिजुलीको माग र भार भएको काठमाडौं उपत्यकामा प्रसारण लाइनको क्षमता वृद्धि गरी २ हजार मेगावाट पु¥याउनसमेत एडीबीको सहयोग सदुपयोग गर्नेछ । 

उक्त सहयोगबाट प्राधिकरणले नेपाल–भारतबीच रुपन्देहीको बर्दघाटबाट भारतको गोरखपुरसम्म ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनसमेत निर्माण गर्ने भएको छ । नेपाल–भारतबीच ढल्केबरदेखि मुजफ्फरपुरसम्म ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको छ । बर्दघाट–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन दोस्रो हुनेछ । यो प्रसारण लाइन चार वर्षमा बनाइसक्ने लक्ष्य प्राधिकरणको छ ।
एडीबीको सहयोगबाट बन्ने प्रसारण लाइन मुलुकमा बढ्दो ऊर्जा संकट समाधान गर्नमात्र होइन केही वर्षपछि नेपालमा आन्तरिक माग पूरा भई बढी हुने बिजुली भारतमा निर्यात गर्ने योजनासमेत सरकारको छ । आगामी चारदेखि छ वर्षमा निर्माण पूरा हुने विभिन्न आयोजनाबाट विद्युत् उत्पादन भएपछि त्यसबाट मुलुकको आन्तरिक माग पूरा भई भारतमा निर्यात गर्न सकिने प्राधिकरणका अधिकारी बताउ“छन् । 
प्राधिकरणले ऊर्जा मन्त्रालयमार्फत् एडीबीसित सहयोग माग्दा मुलुकको आन्तरिक माग पूरा गरी केही वर्षपछि नै भारतमा १२ सय मेगावाट बिजुली निर्यात गर्ने प्रस्तावसमेत गरेको छ । हाल नेपालले भारतबाट प्रतियुनिट २ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । 
नेपालमा आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन हुन थालेपछि उचित मूल्यमा ती दुई निर्माणाधीन र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनबाट १२ सय मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न सकिनेछ । 




No comments:

Post a Comment