Wednesday, July 23, 2014

रानीजमराको नहरमा ४ मेगावाटको विद्युत आयोजना

काठमाडौं, ७ साउन– कैलालीको रानीजमरा–कुलरिया सिंचाइ आयोजनाको नहरमा ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । कैलालीको कटासे बजार नजिक विद्युत् आयोजना निर्माण गरिने जानकारी सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासले जानकारी दिए ।
उनका अनुसार उक्त सिंचाइ आयोजनाको नहरमा ८ मिटरको हेड भेटिएपछि विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । उक्त आयोजनाको इन्टेक निर्माण कार्य करिब सम्पन्न हुन लागिसकेको छ ।
नहर बनाउन तीनदेखि साढे तीन वर्ष लाग्नेछ । नहरस“गै विद्युत् आयोजनासमेत तीनदेखि साढे तीन वर्षमा विद्युत आयोजना निर्माण गरी बिजुली उत्पादन सुरु हुनेछ । उक्त विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । नहर निर्माण गर्ने ठेकेदार कम्पनीले विद्युत आयोजनासमेत निर्माण गर्नेछ ।
उक्त आयोजनाबाट बाह्रै महिना चाबीसै घन्टा ४ मेगावाट क्षमतामा नै बिजुली निस्कनेछ । रानीजमरा(कुलरिया मुलुकमा सिंचाइ आयोजनाको पानीबाट बिजुली निकालिने चौथो आयोजना हुनेछ । गण्डक नहरमा १५ मेगावाट र सुनसरी(मोरङ सिंचाइ आयोजनाको नहरमा साढे तीन मेगावाट क्षमताका विद्युत आयोजना छन् ।

रानीजमरा(कुलरिया आयोजनाबाट कैलालीको ४० हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्नेछ । रानीजमरा–कुलरिया मुलुकमा हालसम्मको निर्माणाधीन सबभन्दा ठूलो सिंचाइ आयोजना हो । कर्णालीबाट १ सय क्युमेक पानी उक्त आयोजनाको नहरमा लगिनेछ । नहरमा थेग्रिने बालुवा पुनः नदी फर्काउन २० क्युमेक पानी उपयोग गरिनेछ भने बा“की ८० क्युमेक पानी नहरबाट कैलालीमा सिंचाइ गर्न उपयोग गरिनेछ ।

No comments:

Post a Comment