Saturday, July 12, 2014

रेडियोथेरापीपछि कोइरालाको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं, २८ असार– पा“चपटकको रेडियोथेरापीको परिणामस्वरूप प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ ।  
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगद्वारा शनिबार जारी विज्ञप्तिका अनुसार उपचारका संलग्न चिकित्सकहरूस“ग नियमित छलफल र परामर्शमा रहेका कोइरालाका निजी चिकित्सक करवीरनाग योगीले रेडियोथेरापीको परिणामस्वरूप प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको जनाएका छन् । 
उपचारमा संलग्न अमेरिकी चिकित्सकहरूले कोइराला न्युयोर्कमा एक साता आराम गरेर स्वदेश फर्कन सक्ने सुझाव दिएको जानकारी योगीले दिए ।

कोइरालाले शुक्रबार अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा गई छातीको एक्सरे गराउनुका साथै आफ्नो स्वास्थ्य स्थितिका बारेमा उपचारमा संलग्न चिकित्सकहरूसित परामर्श गरेको जनाएको छ । गत दुई साता कोइरालालाई पा“चपटक रेडियोथेरापी दिइएको थियो ।
फोक्सोमा कालो दाग देखिएपछि कोइराला उपचारका लागि अमेरिका गएका हुन् । कालो दाग क्यान्सर भएको पत्ता लागेपछि कोइरालाको न्युयोर्कस्थित क्यान्सर अस्पतालमा उपचार गरिएको हो ।

No comments:

Post a Comment