Thursday, July 10, 2014

प्रधानमन्त्री एक सातापछि स्वदेश फर्कने

काठमाडौं, २६ असार– अमेरिकामा उपचाररत प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला एक सातापछि नेपाल फर्कने भएका छन् । उपचारमा संलग्न चिकित्सकहरूसित एक÷दुई दिनमा अन्तिम परामर्श गरेपछि कोइराला नेपाल फर्कने दिन तय हुने जानकारी संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कस्थित स्थायी नियोगले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ ।
नियोगका अनुसार कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा बुधबार पा“चौं तथा अन्तिमपटकको रेडियोथेरापी सहज ढंगले सम्पन्न भएको छ । उनलाई तीन महिनापछि पुनः स्वास्थ्य परिक्षण गर्न आउन चिकित्सकहरूले सुझाव दिएकोसमेत नियोगले उल्लेख गरेको छ ।

‘कोइरालाका साथमा रहेका उनका निजी चिकित्सक करवीरनाथ योगीका अनसार कोइरालाको स्वास्थ्य अवस्था राम्रो छ । चिकित्सकको अन्तिम निष्कर्षपछि उनी एक हप्तापछि नेपाल फर्कनुहुनेछ’ कांग्रेस केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा छ । कोइराला फोक्सोमा कालो दाग देखिएपछि असार २ मा स्वास्थ्योपचारका लागि अमेरिका गएका थिए ।

No comments:

Post a Comment