Friday, July 18, 2014

सञ्चारका तीन निकायमा नियुक्ति

काठमाडौं, २ साउन– सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले तीन सरकारी सञ्चार माध्यममा तीन जनालाई नियुक्त गरेका छन् । शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट प्रेस काउन्सिलको सदस्यमा सुदर्शन आचार्यलाई चार वर्षका लागि नियुक्त गरिएको छ । उनी पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापति हुन् ।

सञ्चार मन्त्रालयले गोरखापत्र संस्थापनको सञ्चालक समितिको सदस्यमा वसन्तकुमार उपाध्यायलाई दुई वर्षका लागि नियुक्त गरेको छ । कर्मचारीको कोटाबाट नियुक्त हुने सञ्चालक सदस्यमा गोरखापत्र दैनिकमा कार्यरत वरिष्ठ पत्रत्रकार उपाध्यायलाई नियुक्त गरिएको हो ।

राष्ट्रिय समिति समितिको सञ्चालक समितिको सदस्यमा सूर्यचन्द्र बस्नेतलाई दुई वर्षका लागि नियुक्त गरिएको छ । पत्रकार महासंघ राससका अध्यक्ष बस्नेतलाई कर्मचारीका तर्फबाट सदस्य नियुक्त गरिएको हो ।

No comments:

Post a Comment