Wednesday, July 30, 2014

सरकारको स्वीकृतिमा रिन्पोछेको शव ल्याइयो

काठमाडौं, १३ साउन– सरकारको स्वीकृतिमा बौद्ध धर्म गुरु १४ औं श्यामार्पा रिम्पोछेको पार्थिव शरीर मंगलबार दिउ“सो भूटानबाट राजधानी ल्याइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको आकस्मिक बैठकले रिम्पोछेको शव ल्याएर नेपाल ल्याएर अन्त्येष्टि गर्न स्वीकृति दिएको हो ।
मन्त्रिपरिषदको निर्णयलगत्तै रिम्पोछेको शव भूटानी ड्रुक एयरको चार्टर फ्लाइटबाट मंगलबारै राजधानी ल्याइएको हो । रिम्पोछेको पार्थिक शरीर एयरपोर्ट हु“दै स्वयम्भु परिक्रमा गराई सा“झ रानीवनस्थित शरिनाभ गुम्बामा लगिएको छ । 
बौद्ध शुभचिन्तकहरू मंगलबार दिउ“सोदेखि नै एयरपोर्ट, स्वयम्भु र शरिनाभ गुम्बा परिसरमा रिम्पोछेको पार्थिव शरीर दर्शनका लागि जम्मा भएका थिए । उनको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार र बिहीबार गुम्बामौ राखिनेछ । त्यसपछि बौद्ध धर्म परम्पराअनुसार अन्त्येष्टि गरिनेछ । 
विभिन्न देशबाट समेत दर्शनार्थीहरू आउने र बुधबार बीस हजार भन्दा बढि दर्शनार्थी गुम्बामा भेला हुने आयोजक सम्बद्ध भिक्षु कृष्णमानले बताए । कृष्णमानका अनुसार उनको पार्थिव शरिर शुभेच्छुकहरूको दर्शनार्थ भारत र भुटान हु“दै नेपाल ल्याइएको हो । बौद्ध परम्पराअनुसार सामान्यतया ४९ दिनमा अन्त्येष्टि गर्नुपर्ने भए पनि नेपाल ल्याउन ढिलाइ भएकाले केही दिन अझै दर्शनार्थ राखिनेछ ।
मन्त्रिपरिषदको बैठकले रिम्पोछेको पार्थिव शरीर भूटानबाट राजधानीमा ल्याएर रानीवनमा अन्त्येष्टि गर्न स्वीकृति दिएको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए । उनले विदेशी नागरिकको शव नेपालमा ल्याउने कानुनी व्यवस्था नभएकाले नया“ नीतिगत व्यवस्था गरी रिम्पोछेको पार्थिव शरीर ल्याउन अनुमति दिइएको जानकारी दिए ।

रिजालका अनुसार मुलुकमा बसेर धार्मिक, सांस्कृतिक तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वले निधन हुनुपूर्व आफ्नो नेपालमा अन्त्येष्टि होस् भनी इच्छा गरेको अवस्थामा शव ल्याउने दिने नीतिगत व्यवस्था गरिएको छ । विदेशीको शव नेपालमा ल्याउन दिंदा सरकारले तोकेको स्थानमा मात्र अन्त्येष्टि गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । रिम्पोछे भूटानी नागरिक हुन् । उनकै अगुवाइमा रानीवनमा शरिनाभ गुम्बा निर्माण र सञ्चालन भएको हो । यसअघि गृह मन्त्रालयले रिन्पोछे विदेशी नागरिक भएकाले कानुनअनुसार नमिल्ने भन्दै पार्थिव शरीर ल्याउन अनुमति दिएको थिएन ।
बुद्ध धर्म मान्यता अनुसार श्यामर्पा रिम्पोचेलाई अमिताभ बुद्धको प्रतिरुपमा सम्मान गरिन्छ । ्
पूर्वी तिब्बतको दर्जे राज्यमा सन् १९५२ मा जन्मेका उनी ६ वर्षको उमेरमा अवतार ग्रहण गरेका हुन् । नौ वर्षको उमेरमा तिब्बतबाट सिक्किम आएर १६ औं ग्याल्बा कर्मापाको उनी अभिभावक बनेका थिए । अमेरिकाको क्यालिफोर्नियास्थित बर्कले विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नात्तकोतर गरेका उनको गत जेठ २८ मा हृदयघातका कारण जर्मनीमा निधन भएको थियो । 








No comments:

Post a Comment