Saturday, July 12, 2014

जलविद्युत कम्पनीद्वारा चार आयोजनामा २ अर्ब ६० करोड लगानी

कम्पनीले पू“जी बढाएर १५ अर्ब पु¥याउने
काठमाडौं, २७ असार– जलविद्युत् विकास तथा कम्पनी लिमिटेडले निजी क्षेत्रका कुल १२२.५ मेगावाट क्षमता भएका चारवटा विद्युत् आयोजनामा २ अर्ब ६० करोड रुपैया“ लगानी गर्ने सम्झौता गरेको छ । ती चार आयोजनाका प्रवद्र्धकसित ऋण लगानी गर्ने सम्झौता भइसकेको र अबको चार महिनामै कर्जा प्रवाह सुरु हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले दिए ।
उनका अनुसार बैंकमा ८ अर्ब रुपैया“ राखेर ब्याजको कमाइमात्र खाइरहेको आरोप लाग्दै आएको कम्पनीले अरू वाणिज्य बैंकसित सहवित्तीयकरण लगानीमा ती आयोजनामा ऋण लगानी गर्न लागेको हो । 
रौनियारका अनुसार ४२ मेगावाटको मिस्त्री खोलामा ९६.६ करोड, २७ मेगावाटको दोर्दी खोलामा ५० करोड, २३.५ मेगावाटको सोलु खोलामा २० करोड र खानी खोला जलविद्युत् आयोजनामा ४० करोड ऋण लगानी गर्दैछ ।
कम्पनीले सरकारमार्फत् विश्व बैंकबाट यसै साता आउने ४ अर्ब (४० मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण ३७.६ मेगावाटको काबेली जलविद्युत् आयोजनामा लगानी गर्दैछ । यसको ब्याज भने ३ प्रतिशत हुनेछ भने विदेशी विनिमयको जोखिम काबेलीको प्रवद्र्धकले नै लिनुपर्नेछ ।

कम्पनीले निजी क्षेत्रले नै विकास गर्न लागेका थप ६ वटा विद्युत आयोजनामा समेत ऋण लगानी गर्न तिनको आर्थिक तथा प्राविधिक पक्षको मूल्यांकन गरिरहेको छ । मूल्यांकनबाट ती आयोजना आर्थिक तथा प्राविधिक रूपमा फाइदाजनक देखिएमा तिनमा समेत कम्पनीले लगानी गर्ने जानकारी रौनियारले दिए ।
ऋण लगानीका लागि कम्पनीले अध्ययन तथा मूल्यांकन गरिरहेका जलविद्युत् आयोजनामा २१.६ मेगावाटको हेवा खोला, २५ मेगावाटको काबेली बी १, ८२ मेगावाटको तल्लो सोलु खोला, २० मेगावाटको स्मल बागमती, ३० मेगावाटको न्यादी खोला र ८२ मेगावाटको माथिल्लो सोलु खोला छन् ।
कम्पनीले मुलुकमा लोडसेडिङ अन्त्यका लागि अरू जलविद्युत् आयोजनामा लगानी गर्न थप रकमको अत्यावश्यक पर्ने भएकाले एसियाली विकास बैंक (एडीबी) सित सहुलियतपूर्ण ऋण लिएर तथा शेयर जारी गरेर आफ्नो लगानीको क्षमता बढाउने प्रक्रियासमेत अघि बढाएको छ । स्थिर पू“जी ८ अर्ब रुपैया“ भएको कम्पनीले एडीबीसित ५ अर्ब (५० मिलियन अमेरिकी डलर) सहुलियपूर्णत ऋण तथा २ अर्ब रुपैया“ बराबरको शेयर जारी गरेर कुल पू“जी १५ अर्ब रुपैया“ पु¥याउने भएको छ । 
एडीबीको उच्च अधिकारीको टोली साउन महिनामा नेपाल आउने र उससितको वार्तापछि कम्पनीले लिने ऋणका सम्बन्धमा सहमति हुने जानकारी रौनियारले दिए । उनका अनुसार २ अर्बको शेयर जारी गर्न धितोपत्र बोर्डसित सहमति लिने प्रक्रिया अघि बढाएको छ । सहमति आएपछि सर्वसाधारणका लागि शेयर जारी हुनेछ ।
रौनियारले मुलुकको लोडसेडिङ अन्त्य गर्न कम्पनीले आफैं जलाशययुक्त र रन अफ रिभर दुवै किसिमका आयोजनाको विस्तृत अध्ययन गराई लगानी जुटाएर प्रवद्र्धन गर्ने कार्यसमेत अघि बढाउने तयारी गरिरहेको छ ।

No comments:

Post a Comment