Wednesday, July 23, 2014

प्रधानाध्यापकसहित तीनविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, ७ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला, भसेढवा–८ स्थित राम प्राथमिक विद्यालयका प्रधानाध्यापक बाल्मीकि यादवसहित तीन जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याममिकी यादव र स्रोत व्यक्ति रामवचन यादवसमेत छन् ।
उनीहरूले नक्कली कागजात र झूटो विवरण बनाई पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षक तलब (पीसीएफ) का नाममा निकासा भएको सरकारी रकम २६ लाख ७२ हजार ८ सय १० रुपैया“ भ्रष्टाचार गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले अभियोगपत्रमा तीनै जनाविरुद्ध बिगो र सोबराबरको जरिवाना तिराउन र भ्रष्टाचार ऐनबमोजिम जेल सजाय गर्न माग दाबी गरेको छ ।

No comments:

Post a Comment