Tuesday, July 1, 2014

प्रेस काउन्सिलविरुद्ध आन्दोलनको चेतवानी

काठमाडौं, १६ असार– लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले प्रेस काउन्सिलद्वारा हालै गरिएको पत्रपत्रिकाहरूको वर्गीकरण भेदभाव र पक्षपातपूर्ण भएको टिप्पणी गर्दै त्यसको विरोध गरेको छ । समाजले काउन्सिलसमक्ष उक्त गलत निर्णय तत्काल सच्याउन मागसमेत गरेको छ । वर्गीकरणका आधारमा सरकारले पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापनलगायतका सुविधा दिने गर्छ ।
समाजका तर्फबाट अध्यक्ष दामोदर दवाडीद्वारा जारी विज्ञप्तिमा वामपन्थी पदाधिकारी बहुल काउन्सिलले राजनीतिक रूपमा पक्षपात गरी पत्रपत्रिकाहरूको वर्गीकरण गरेको र त्यसले गर्दा कैयौं लोकतन्त्रवादी पत्रपत्रिका बन्द हुने अवस्थामा पुगेको उल्लेख गरेका छन् । उनले वर्गीकरणको निर्णय तत्काल नसच्याइए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् । 

No comments:

Post a Comment