Monday, July 7, 2014

महिलामन्त्री केसीको सम्पत्ति करोडौं

काठमाडौं, २३ असार– नेकपा माले पार्टीबाट महिला, बालबालिका तथा समाज कल्याण्ँमन्त्री भएकी कम्युनिस्ट नेतृ निलम केसी र उनको परिवारको नाममा करोडौं रुपैया“ बराबरको सम्पत्ति रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । 
मन्त्रिपरिÈद् कार्यालयको वेबसाइटमा जारी केसीको सम्पत्ति विवरण्ँमा काठमाडौ“ र झापामा घरजग्गा तथा झापा, ललितपुर र जुम्लामा जग्गा रहेको छ । उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा दुई लाख र पति सीपी मैनालीको नाममा थप तीन लाख रुपैया“ बचत छ ।
पति, छोरा र आङ्खनो नाममा विभिन्न वित्तीय संस्थामा ३५ लाख बराबरको सेयर रहेको छ भने ८ लाख ऋण्ँ छ । उनले ३५ लाख रुपैया“ ऋण्ँ दिएको पनि सम्पत्ति विवरण्ँमा उल्लेख छ।

मन्त्री केसीको साथमा १८ तोला सुन र १५० तोला चा“दी छ । उनको हुन्डाई कम्पनीको १६ लाख ३० हजार मूल्य पर्ने कार तथा छोराबुहारीको नाममा मोटरसाइकल र स्कुटर रहेको विवरण्ँमा उल्लेख छ ।
मन्त्री केसीस“ग तीन थान टिभी, दुई थान फ्रिज, दुई थान ल्यापटप र एउटा कम्युटर रहेको सम्पत्ति विवरण्ँमा समावेश छ । सार्वजनिक पद धारण्ँ गरेका व्यक्तिले भ्रष्टाचार निवारण्ँ ऐन, २०५९ अनुसार केसीले सम्पत्ति विवरण सार्वजनिक गरेकी हुन् ।

No comments:

Post a Comment