Saturday, July 26, 2014

निवृत्त सचिवद्वय भुषाल र बाँस्कोटालाई नयाँ जिम्मेवारी

काठमाडौं, १० साउन– सरकारले सेवा निवृत्त सचिवद्वय युवराज भुषाल र कृष्णहरि बा“स्कोटालाई नया“ जिम्मेवारीमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले हालै सेवा निवृत्त १३ सचिवमध्ये दुई जनालाई नया“ जिम्मेवारी दिएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री मिनेन्द्र रिजालका अनुसार सेवा निवृत्त अर्थसचिव युवराज भुसाललाई नेपाल प्रशासनकि प्रशिÔण्ँ प्रतिष्ठानको अनुसन्धान निर्देशकमा नियुक्त गरिएको छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सेवा निवृत्त अर्का सचिव कृष्ण्ँहरि बास्कोटालाई उच्चस्तरीय प्रशासनिक सुधार सुझाव आयोगकोे विज्ञ सदस्यमा नियुक्त गरिएको छ । सरकारले राजधानीनजिकको शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बाटोबाट सर्वसाधारण्ँलाई हिड्डुल गर्न स्वीकृति प्रदान गरेको छ ।

 निकुञ्जभित्रबाट बुढानीलकण्ठतर्फ आउने र शिवपुरीभन्दा माथिको बस्तीमा जाने बाटो भए पनि हिड्डुल गर्न नदिइ“दा स्थानीय सर्वसाधारणलाई असुविधा थियो । बाटो खुलेपछि सर्वसाधारणलाई आउजाउ गर्न सजिलो हुनेछ ।



No comments:

Post a Comment