Tuesday, July 15, 2014

वरिष्ठ सहसचिव बीसीलाई अपमानपूर्वक सरुवा

काठमाडौं,  ३१ असार– भूमिसुधार मन्त्रालयमा लामो समय निमित्त सचिव र नापी विभागको महानिर्देशक भइसकेका वरिष्ठ सहसचिव कृष्णराज बीसीलाई अपमानपूर्वक मातहतको भूमिसुधार तालिम केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।
भूमिसुधार मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बीसीलाई कनिष्ठ प्रमुख हुने तालिम केन्द्रमा सरुवा गरिएको हो ।
तालिम केन्द्रका प्रमुख कल्याणगोपाल श्रेष्ठलाई मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखमा सरुवा गरिएको छ । नापी विभागका महानिर्देशक नागेन्द्र झा र बीसीका बीचमा मन्त्रालय र नापीसम्बन्धी कामकारबाहीलाई लिएर मतान्तर हु“दै आएको थियो । त्यही कारण झाको स्वार्थबमोजिम भूमिसुधारमन्त्री दलबहादुर रानाले बीसीलाई मन्त्रालयबाट हटाई तालिम केन्द्रमा सरुवा गरिएको हो । तालिम केन्द्रमा यसअघि कनिष्ठ सहसचिवलाई मात्र बनाउने प्रचलन थियो ।



No comments:

Post a Comment