Wednesday, July 23, 2014

अख्तियारद्वारा स्वास्थ्य विभागका १० अधिकारी निलम्बित

काठमाडौं, ७ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखाका निर्देशक डा। आनन्दकुमार श्रेष्ठसहित १० अधिकारीलाई नक्कली कागजात बनाई भ्रष्टाचार गरेकामा मंगलबारदेखि नै लागू हुने गरी निलम्बन गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ । 
उनीहरू पदमा रहिरह“दा अनियमितता गरेको प्रमाण नष्ट गर्न सक्ने भएकाले निलम्बन गर्न सिफारिस गरिएको अख्तियारले उल्लेख गरेको छ । मन्त्रालयले उनीहरूलाई मंगलबार नै निलम्बन गरेको छ । अख्तियारले उनीहरूलाई आफ्नो कार्यालयमा उपस्थित गराउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ । अख्तियारमा उनीहरू उपस्थित हुनासाथ नियन्त्रणमा लिई हिरासतमा राखिने जानकारी अख्तियारका एक अधिकारीले दिएका छन् ।
निलम्बनमा परेकामा श्रेष्ठसहित वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ, जनस्वास्थ्य अधिकृत रत्नलाल श्रेष्ठ, शाखा अधिकृतद्वय डोलराज शर्मा, रूपनारायण खतिवडा, लेखा अधिकृत यदुराज शर्मा, फर्मासिस्ट भरतमणि मरहठ्ठा, जनस्वास्थ्य निरीक्षकद्वय रामशरण अधिकारी, रामजी घिमिरे र खरिदार कविराज सुवेदी छन् ।
उक्त महाशाखाको कागजात झिकाई छानबिन गर्दा उनीहरूले कार्यक्रम गरेको भनी हल नै नभएको होटलमा हलभाडा तिरेको बिल पेस गरेको, सामान नै खरिद नगरी होटल तथा स्टेसनरी पसलको बिल पेस गरेको, भ्रमण आदेश बनाई कार्यालयमै हाजिर रही हवाईजहाजको नक्कली टिकट पेस गरी दैनिक भ्रमणभत्तासमेत लिएको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 

कार्यक्रममा हवाईजहाजमा गएकाले समेत हवाई भाडा वास्तविकभन्दा दोब्बर मूल्यका ई–टिकट पेस गरेको, एउटै नम्बरको टिकटमा नाम परिवर्तन गरी २–३ जनासम्मले ई–टिकट पेस गरेको, एकै दिनको कार्यक्रममा १०÷१० पटक एउटै होटलबाट सहभागीहरूका लागि खाजा, खाना तथा स्टेसनरीलगायतका सामान खरिद गरेको भनी बिलभर्पाइ पेस गरी उनीहरूले अनियमितता गरेको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारका अनुसार जनसरोकारस“ग जोडिएको स्वास्थ्यजस्तो संवेदनशील विषयमा लापर्बाही गरी बद्नियतपूर्ण तरिकाले सरकारी सम्पत्ति हानिनोक्सानी पु¥याई व्यक्तिगत लाभ लिई पेश्की फछ्र्यौट गरेको पाइएकाले उनीहरूलाई निलम्बन गर्नुपरेको हो । अख्तियारले स्वास्थ्य सेवा विभागका अरू महाशाखामा समेत यस्तै अनियमितता भएको आशंकामा छानबिन गरिरहेकोसमेत जनाएको छ ।

No comments:

Post a Comment