Sunday, July 13, 2014

रिम्पोछेको शव ल्याउन अनुमति दिइएको थिएन : गृह

काठमाडौं, २९ असार– गृह मन्त्रालयले तिब्बती धर्म गुरु श्यामार्पा रिम्पोछेको शव नेपाललाई ल्याई दाह संस्कार गर्न सरकारका तर्फबाट अनुमति नदिइएको दाबी गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी रिम्पोछेको अन्त्येष्टिका सम्बन्धमा सञ्चार माध्यममा प्रकाशित समाचारका बारेमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनी विदेशी नागरिक भएकाले त्यस्तो अनुमति नदिइएको स्ष्टीकरण दिएको छ ।
रिम्पोछेको शुक्रबार जर्मनीमा मृत्यु भएको र प्राप्त राहदानीको प्रतिलिपिका आधारमा निज भूटानी नागरिक भएकाले विदेशी नागरिकको शव नेपालमा ल्याई दाहसंस्कार गर्ने कानुनी व्यवस्थाका साथै परम्परा पनि नभएको हु“दा उनको पार्थिक शरीर ल्याउन अनुमति नदिइएको गृहको दाबी छ ।
गृहले यस विषयमा कुनै पनि मित्र राष्ट्रका कूटनीतिक निकाय वा व्यक्तिबाट कुनै किसिमको अनुरोध वा आग्रह नभएको दाबीसमेत गरेको छ । रिम्पोछेको शवका साथ धर्मशालाबाट तिब्बती निर्वासित नेता दलाई लामाका प्रतिनिधिसमेत नेपाल आउन लागेको र शवसहित राजधानीको बौद्धमा तिब्बतीहरूले जुलुस गर्न लागेको सूचना पाएपछि चिनिया“ दुतावासले गृह मन्त्रालयसमक्ष असन्तुष्टि व्यक्त गरी रोक्न अनुरोध गरेको थियो ।
त्यसपछि दिल्लीस्थित नेपाली दुतावासले रिम्पोछेको शव काठमाडौं लान दिइएको ‘नो अब्जेक्सन लेटर’ फिर्ता लिइएको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिएका थिए । 

No comments:

Post a Comment