Saturday, July 26, 2014

१३ सचिवको बिदाइ, प्रशासनिक नेतृत्वविहीन निकाय २० पुगे

काठमाडौं, १० साउन– विभिन्न मन्त्रालय र निकायमा शुक्रबारदेखि रिक्त सचिवको संख्या २० पुगेको छ । पा“चवर्षे पदावधि पूरा गरेर अनिवार्य अवकास पाउका तथा पा“च वर्ष पुग्नु अघिल्लो दिनदेखि लागू हुने गरी राजिनामा दिई स्वीकृत भएका १३ सचिव शुक्रबारबाट बिदा भएपछि १३ वटा मन्त्रालय र निकाय सचिवविहीन भएका हुन् । यसअघि नै रक्षा र परराष्ट्र मन्त्रालय तथा पा“चवटा क्षेत्रीय प्रशासन कार्यालय सचिवविहीन थिए ।
राजिनामा स्वीकृत भएर र पा“चवर्षे पदावधि पूरा गरी अनिवार्य अवकास पाएर शुक्रबारदेखि बिदा भएका सचिवमा अर्थका युवराज भुषाल, प्रधानमन्त्री तथा मन्त्रिपरिÈद कार्यालयका कृष्ण्ँहरि बास्कोटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केशवप्रसाद भट्टराई, लोकसेवा आयोगका नाथुप्रसाद चौधरी, उद्योग मन्त्रालयका कृष्ण्ँ ज्ञवाली, स्वास्थ्यका प्रवीण्ँ मिश्र, सूचना आयोगका श्रीराम पन्त, सहरी विकासका सचिव किशोर थापा, पर्यटनका सुुशील घिमिरे, वनका गण्ँेशराज जोशी, युवा तथा खेलकुदका सचिव प्रतापकुमार पाठक, महिलाका दिनेशहरि अधिकारी, सतर्कता केन्द्रका सचिव हरिप्रसाद नेपाल छन् ।
मुख्यसचिव लीलामणि पौडेलले शुक्रबार नै सचिवहरूको बैठक बोलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तर्फबाट सेवा निवृत्त १३ सचिवलाई बिदाई गरे । कार्यक्रममा सेवा निवृत्त सचिवहरूले आफ्नो लामो समयको कार्य अनुभवको स्मरण गर्दै आगामी दिनमा सरकारले चाहेमा आफ्नो ज्ञान, सीप र अनुभव सदैव राष्ट्रका लागि समर्पित गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

बढुवा समितिको बैठक बस्नुअघि रिक्त सात सचिवका लागि १७ सहसचिवको नाम सिफारिस भए पनि मन्त्रिपरिषदले पदोन्नति नगरेकाले मुलुकमा आधाभन्दा बढी मन्त्रालय तथा निकायहरू प्रशासनिक नेतृत्वविहीन हुन पुगेका छन् ।


No comments:

Post a Comment