Tuesday, July 1, 2014

मोदीद्वारा कोइरालाको स्वास्थ्य लाभको कामना

काठमाडौं, १७ असार– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा क्यान्सर रोगको उपचारमा रहेका समकक्षी प्रधानमन्त्री सुशील कोइरालाको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले कोइरालालाई सोमबार पत्र पठाई स्वास्थ्य लाभको कामना गरेका हुन् ।
पत्रमा मोदीले नेपालको राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक प्रक्रियामा हरतरहको सहयोग गर्न आफू र आफ्नो सरकार तयार रहेको बताएका छन् । 
नेपालको आर्थिक विकास पनि भारतको आधारभूत चासोको रूपमा रहेको उल्लेख गर्दै मोदीले स्थिर, समृद्ध, समावेशी तथा प्रजातान्त्रिक नेपाल निर्माण्ँका लागि नेपाल र नेपालीलाई सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको मित्रता दुई देशको खुल्ला सीमाभन्दा समेत माथि र अन्योन्याश्रित रहेको उल्लेख गरेका छन् ।

उनले नेपाल भारत सम्बन्धको चर्चा गर्दै दुई देशको सम्बन्ध नितान्त फरक, गहिरो तथा विविधतापूणर््ँ रहेको बताए । ‘हामी उस्तै पहाड तथा नदीहरूबाट सिञ्चित भएका छौं, मोदीले पत्रमा लेखेका छन्– ‘प्राचीन धार्मिक एवं सांस्कृतिक सम्बन्धले बा“धिएका छौं । यस्तो मानवीय सम्बन्ध तथा क्रियाकलापले दुई देशको खुला सीमालाई छिचोलेको छ ।’

No comments:

Post a Comment