Monday, July 28, 2014

आज इदउल फित्र मनाइँदै

काठमाडौं, १२ साउन– सरकारले मुस्लिम धर्मावलम्बीको ठूलो पर्व इदउल फित्रका दिन मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ । राजधानीका नेपाली जामे मस्जिद र कस्मिरी मस्जिदका मौलाना (गुरु) हरूले सोमबार सा“झ चा“द (चन्द्रमा) देखिएको पुष्टि गर्दै गृह मन्त्रालयलाई जानकारी दिएपछि सरकारले मंगलबारका लागि सार्वजनिक बिदा दिएको हो । 
सरकारले इदउल फित्रका दिन हरेक वर्È सार्वजनिक बिदा दिंदै आएको छ । मुस्लिम धर्मावलम्बीका मौलानाले रमजानको अन्तिम दिन चन्द्रमा देखिएको पुष्टि गरेपछिमात्र सरकारले बिदाको दिन घोÈण्ाँ गर्ने गरेको छ ।
मुस्लिम धर्मावलम्बीहरुले तीस दिनसम्म दिनभर उपवास बसेर रमजान पर्व मनाउ“छन् । तीसौं दिनको सा“झमा चा“द देखिएपछि देशभरका मुस्लिमहरूको रमजान पर्व र उपवास समाप्त हुन्छ, त्यसको भोलिपल्ट मुस्लिम धर्मावलम्बीहरुले इदउल फित्र पर्व मनाउ“छन् । 

यो पर्वमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी इदगाह (खुलाचौर) मा नमाज पढ्ने र त्यसपछि दिनभर आफन्तजनहरूबीच शुभकामना आदानप्रदान गरी खुसियाली मनाउने गर्छन् ।

No comments:

Post a Comment