Thursday, July 10, 2014

काबेली आयोजनाका लागि वित्तीय स्रोत जुट्यो


  • सरकारले विश्व बैंकसित ४ अर्ब ऋण लिएर काबेलीलाई दिने
  • तत्काल निर्माण सुरु भई चार वर्षमा विद्युत् उत्पादन हुने

काठमाडौं, २५ असार– सरकारले विश्व बैंकबाट सहुलियतपूर्ण सहयोग लिएर ३७ मेगावाटको काबेली जलविद्युत् आयोजनामा ४० मिलियन अमेरिकी डलर (करिब ४ अर्ब रुपैया“) लगानी गर्ने भएको छ । विश्व बैंकले सरकारमार्फत् काबेलीलाई ऋण लगानी गर्ने भएपछि उक्त आयोजनाका लागि वित्तीय स्रोत जुटेको छ । 
पा“चथर र ताप्लेजुङको सीमा नजिक काबेली नदीमा आगामी चार वर्षभित्र बन्ने यो आयोजनाको विकासले पूर्वाञ्चल विकास क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास सरकारको छ । पूर्वाञ्चलमा विद्युत् आयोजना खासै नभएकाले उक्त क्षेत्रले बा“की मुलुकले भन्दा बढी लोडसेडिङको मार खेप्दै आएको छ ।
सरकारले विश्व बैंकबाट लिने ऋण जलविद्युत् विकास तथा लगानी कम्पनीमार्फत् काबेली जलविद्युत् आयोजनालाई ३ प्रतिशत ब्याजमा दिने भएको छ, विदेशी विनियमको रिस्क भने काबेली आयोजनाले नै लिनुपर्नेछ । एक साताभित्रै अर्थ र विश्व बैंकका अधिकारीबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हु“दैछ । विश्व बैंकले सोझै निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋण दिने गर्दैन । त्यही कारण सरकारले बैंकसित लिएर काबेलीलाई दिन लागेको हो ।
काबेली इनर्जीले जलविद्युत् विकास तथा लगानी कम्पनीमार्फत् ऋण र ब्याज भुक्तानी गर्नेछ भने सरकारले कम्पनीसित लिएर विश्व बैंकको ऋण र ब्याज भुक्तानी गर्नेछ । सरकारले काबेलीलाई दिने ऋण १ प्रतिशत ब्याजमा पाउनेछ ।  

कुल १ सय २ मिलियन अमेरिकी डलर लागत भएको काबेलीमा प्रवद्र्धक बुटवल पावर कम्पनीले इक्विटीबापत २० मिलियन डलर हाल्नेछ भने विश्व बैंकको ४० मिलियन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ३२ मिलियन र बा“की स्वदेशी बैंकले १० मिलियन डलर लगानी गर्ने निधो भइसकेको छ । 
लगानी जुटेपछि बुटवल पावर कम्पनी प्रवद्र्धित काबेली इनर्जीले तत्काल निर्माणको थाल्ने र चार वर्षमा पूरा भई बिजुली उत्पादन सुरु हुने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । यसअघि विश्व बैंकले दिने सहुलियपूर्ण ऋणको ब्याजको दरलाई लिएर सरकार र काबेली इनर्जीबीच कुरा नमिलेका कारण आयोजनाको निर्माण झन्डै चार वर्ष पछाडि धकेलिएको हो । सरकारले काबेलीलाई ८ प्रतिशत ब्याजमा दिने ऋण दिने प्रस्ताव गरेपछि काबेली इनर्जीले लिन नमानेका कारण ढिलाइ भएको हो । काबेली आयोजना विकास गर्न निजी क्षेत्रबीच प्रतिस्पर्धा गराएर सन् २०११ मा नै बुटवल पावर कम्पनी छानिएको हो ।
हाल सरकार र काबेली इनर्जीबीच ब्याजदरका विषयमा सहमति भएपछि आयोजनाका लागि लगानी जुटेको हो । विश्व बैंक सुरुदेखि नै आयोजनामा लगानी गर्न तयार थियो । कुल लगानीको ७२ प्रतिशत डलरमा लगानी भए पनि विद्युत् प्राधिकरणले प्रतियुनिट जम्मा ४ रुपैया“ ७० पैसामा बिजुली प्राप्त गर्नेछ । प्राधिकरणले काबेली इनर्जीसित प्रतियुनिट ४ रुपैया“ ७० पैसामा विद्यूत् खरिद सम्झौता गरिसकेको छ । उत्पादन सुरु भएको १५ वर्ष अर्थात् आयोजनाको ऋण तिर्ने अवधिसम्म काबेलीको बिजुली हरेक वर्ष ३ प्रतिशतका दरले वृद्धि हु“ने जाने प्रावधान विद्युत् खरिद सम्झौतामा छ ।
७२ प्रतिशत डलरमा लगानी भएकाले प्राधिकरणले काबेलीसित बिजुली किन्दा ६० प्रतिशत डलर र ४० प्रतिशत नेपाली रुपैया“मा पैसा भुक्तानी गर्नुपर्नेछ । सरकारले काबेली आयोजनामा सस्तो दर प्रस्ताव गर्ने प्रवद्र्धकलाई उत्पादन अनुमति दिने भनी प्रतिस्पर्धा गराए प्रवद्र्धक कम्पनी छनोट गरेका कारण यसको प्रतियुनिट बिजुली सस्तो परेको हो । 





No comments:

Post a Comment