Thursday, July 17, 2014

प्रधानमन्त्री मंगलबार फर्कने

‘उनी तन्दुरुस्त हुनुहुन्छ’
काठमाडौं, १ साउन– प्रधानमन्त्री सुशील कोइराला न्युयोर्कमा फोक्सोको क्यान्सरको उपचार गराएर मंगलबार नेपाल फर्कने भएका छन् । करिब ५ साता लामो अमेरिका बसाइपछि उनी मंगलबार नेपाल फर्कने तयारीमा रहेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले दिएका छन् ।
प्रधानमन्त्री कोइराला असार २ मा फोक्सोको क्यान्सरको उपचारका लागि अमेरिका गएका थिए । क्यान्सरको उपचारका क्रममा न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा पा“चपटक उनको रेडियोथेरापी गरिएको थियो । प्रधानमन्त्रीले असार ३ मा उक्त सेन्टरका चिकित्सकसित स्वास्थ्य परिक्षण गराउनेछन् । 
प्रधानमन्त्री साउन ६ गते मंगलबार सा“झ ८ बजे नेपाल आइपुग्नेछन् । उनी स्वदेश फर्कन हवाई टिकटको प्रबन्ध भइसकेको छ । कोइरालाको टोलीलाई इत्तिहाद एयरलाइन्सको टिकट काटिएको छ । कोइरालाका साथमा सहयोगी मृदुला कोइराला र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. करवीरनाथ योगी छन् ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. योगीका अनुसार अहिले उनी पूणर््ँ तन्दुरुस्त भएका छन् । ‘उपचारपछि यस बीचमा आराम गरेर बस्नुभएको छ, स्वास्थ्यलाभ गरिरहनुभएको छ,’ योगीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीले भने । प्रधानमन्त्री कोइराला नियमित हिडडुल गर्ने र साविकबमोजिमको खाना खाने गरिरहेका छन् ।

प्रधानमन्त्री कोइरालाले अर्को ३ महिनापछि पुनः उक्त अस्पतालमा फलोअप स्वास्थ्य परीÔण्ँ गराउनुपर्नेछ । प्रधानमन्त्री आगामी सेप्टेम्बरमा राष्ट्रसंघको महासभामा भाग लिन पुनः अमेरिका जाने क्रममा फलोअप परीÔण्ँ गर्ने सोचमा रहेको स्रोतले उल्लेख गरेको छ ।

No comments:

Post a Comment