Sunday, July 27, 2014

कुलेखानी तेस्रोको लागत र निर्माण अवधि दुवै दोब्बर हुने

२ अर्ब ४३ करोड रुपैया“को आयोजनाको लागत बढेर ४ अर्ब २२ करोड पुग्ने
सन् २०११ डिसेम्बरमा सम्पन्न गर्ने भनिएको आयोजना छिटोमा सन् २०१४ मा सकिने
काठमाडौं, १० साउन– चौध मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको लागत झन्डै दोब्बर र निर्माण अवधि तीन वर्ष बढ्ने भएको छ । चिनिया“ ठेकेदार कम्पनी सिनो हाइड्रोको लापरबाही, परामर्शदाता नियुक्ति विवाद, स्थानीयबासीको पटकपटकको अवरोध र बन्दका कारण कुलेखानीको आयोजनाको लागत र निर्माण अवधि दुवै दोब्बर पुग्ने निश्चित भएको हो ।
सन् २०११ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सन् २००८ को अप्रिलमा कुलेखानी तेस्रोको निर्माण सुरु भएको हो । सन् २०१४ को जुलाई चौथो साता भइसक्ता पनि कुलेखानीको ८० प्रतिशतमात्र निर्माण कार्यमात्र सम्पन्न भएको जानकारी आयोजना प्रमुख मधुसुदन मल्लले जानकारी दिए । सुरुमा आयोजनाको कुल लागत २ अर्ब ४३ करोड रुपैया“ लाग्ने उल्लेख थियो । निर्माण अवधि बढेका कारण लागत बढेर ४ अर्ब २२ करोड रुपैया“ पुग्ने निश्चित भएको जानकारीसमेत मल्लले दिए । 
परामर्शदाता कम्पनी, आयोजना र ठेकेदारको दाबीसहितलाई हिसाब गरेर विद्युत् प्राधिकरण सञ्चालक समितिले कुलेखानीको संशोधित लागत ४ अर्ब २२ करोड रुपैया“ स्वीकृत गरिसकेको छ । निर्माण अवधि लम्बिएको, निर्माण सामग्रीको बजार मूल्य बढेको, ठेकेदारको मागदाबीका कारण लागत करिब दोब्बर पुग्ने निश्चित भएको हो ।
कुलेखानी दोस्रोबाट बिजुली निकालिसकेपछि खसालिने पानी बिना बा“ध (इन्टेक) सोझै सुरुङबाट लगेर विद्युत् उत्पादन गरिने कुलेखानी तेस्रोको प्रतिमेगावाट लागत ३० करोड रुपैया“ पुग्नेछ । 

खोलामा बा“ध बा“ध्नुपर्दा बिजुलीको निर्माण लागत बढी लाग्छ । खोलामा बा“ध बा“धेर बिजुली निकालिने आयोजनाको लागतसमेत मुलुकमा प्रतिमेगावाट कम्तीमा १५ करोडदेखि बढीमा २० करोड रुपैया“भन्दा बढी पर्दैन । तर, बा“धै आवश्यक नपर्ने कुलेखानीको तेस्रो लागत प्रतिमेगावाट ३० करोड रुपैया“भन्दा बढी परेपछि कुलेखानी मुलुककै सबभन्दा मह“गो आयोजनाको सूचीमा पर्नेछ । 
स्थानीयको अवरोध र पटकपटकको बन्द तथा विद्युत् प्राधिकरण र सिभिल ठेकेदार चिनिया“ कम्पनी सिनो हाइड्रोबीच परामर्शदाता नियुक्तिलाई लिएर ठेक्का तोड्नेसम्मको विवाद, भेरिएसनलगायतका कारण कुलेखानीको लागत र निर्माण अवधि दुवै लम्बिएको आयोजनाका अधिकारी बताउ“छन् ।
ठेक्का तोडेको चिनिया“ कम्पनीसित पुनः काम सुचारु गर्न सहमति हु“दा निर्माण अवधि ३० महिना थप्ने समझदारी भएको थियो । समझदारीमा ३० महिनामा ठेकेदारले आयोजना सम्पन्न गर्नुपर्ने उल्लेख थियो । तर, थपिएको समय सकिन दुई महिनामात्र बा“की छ, तर हालसम्म आयोजनाको ८० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
आयोजना प्रमुख मल्लका अनुसार कुलेखानी तेस्रोको सुरुङ खन्ने काम सकिएको छ । पावर हाउसको जेनेरेटर लेभलसम्म निर्माण सम्पन्न भइसकेको छ । विद्युत् निकालिसकेपछि पानी खोलामा फर्काउने टेलरेससमेत निर्माण भइसकेको छ । इलेक्ट्रोमेकानिकलतर्फको अन्तिम चरणको कामका लागि आवश्यक ट्रान्सफर्मर, टर्वाइन, जेनेरेटर वीरगन्ज भन्सारमा आइसकेको छ । एक÷दुई दिनमा भन्सार क्लियरेन्स गरेर ती सामान आइपुग्छन् र जडानलगायतका काम सुरु हुन्छ । ‘समग्रमा आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ’ मल्लले भने ।
उनका अनुसार इलेक्ट्रोमेकानिकल ठेकेदारले ४ देखि ५ महिनामा काम सम्पन्न गर्ने कार्यतालिका पेस गरेको छ भने सिभिल ठेकेदार कम्पनीले काम सक्न ६ महिना समय मागेको छ । आयोजनाले त्यति बढी समय दिन नमान्दा ठेकेदार कम्पनी ठेक्का सम्झौताअनुसार डिस्प्युट सेटलमेन्ट बोर्डमा गएको छ । ठेकेदारको समयसीमाको दाबी डिस्प्युट बोर्डमा विचाराधीन छ । बोर्डमा ठेकेदार र आयोजनाले तोकेको एक÷एक जना प्रतिष्ठित कानुन व्यवसायी सदस्य हुन्छन्, ती दुई जनाले सहमतिमा तोकेको व्यक्ति अध्यक्ष हुन्छ । अध्यक्षले दुवैतर्फको सुनुवाइ सकेपछि गर्ने निर्णय नै अन्तिम हुने ठेक्का सम्झौतामा उल्लेख छ ।
बोर्डमा सुनुवाइ सकिइसकेको छ । बोर्डले अब छिट्टै निर्णय दिंदैछ । बोर्डले सिभिल ठेकेदारलाई निर्माण सम्पन्न गर्न बढीमा ४÷५ महिनाको समय दिने सम्भावना छ । मल्लले हाल आयोजनाको कुनै पनि पक्ष्ँमा अवरोध र बाधा व्यवधान नरहेको उल्लेख गर्दै हालसम्मको प्रगति हेर्दा सन् २०१४ को डिसेम्बरभित्र निर्माण सम्पन्न हुने विश्वास बढेको जानकारी दिए । ‘आयोजनाको निर्माण सम्पन्न हुने मिति कुनै पनि हालतमा सन् २०१५ नपुगोस् भन्नेमा हामी सबैले प्रयास गरिरहेका छौं’ उनले भने ।
आयोजनाको निर्माण अवधि बढेकाले सिभिल, इलेक्ट्रोमेकानिकल, कर्मचारीसहितको प्रशासनिक तथा परामर्शदाता खर्च सबै बढेकाले कुलेखानीको लागत बढेको हो । मल्लका अनुसार सबभन्दा बढी लागत सिभिल ठेक्कामा बढेको छ । सिनो हाइड्रोले सिभिलतर्फको ठेक्का १ अर्ब ९ करोड रुपैया“मा लिएको हो । तर, लागत बढेर सिभिलतर्फको लागत २ अर्ब २२ करोड पुग्ने भएको छ । इलेक्ट्रोमेकानिकल कामका लागि चिनिया“ जे जियाङ जिन्लुङ इलेक्ट्रो मेकानिकल कम्पनीले ८० करोडमा ठेक्का लिएको हो । इलेक्ट्रोमेकानिकलतर्फ ९÷१० करोड रुपैया“मात्र लागत बढ्नेछ । कर्मचारी खर्च हालसम्म ५५ करोड र परामर्शदाताका लागि २२ करोड रुपैया“ खर्च भइसकेको छ ।










No comments:

Post a Comment