Thursday, July 24, 2014

मन्त्रिपरिषद बैठक शुक्रबार बिहान

काठमाडौं, ८ साउन– प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार बिहान मन्त्रिपरिषद बैठक बोलाएका छन् । अमेरिकामा क्यान्सरको उपचार गराएर बुधबार फर्किएका कोइरालाले बिहीबार आफ्ना पार्टी कांग्रेसका नेता, मन्त्री, सहयोगी कसैलाई पनि नभेटेपछि मन्त्रिपरिषदको नियमित बैठक बस्नेमा अन्यौल उत्पन्न भएको थियो ।
तर, बिहीबार बिहानदेखि भने कोइरालाले पार्टी नेता, मन्त्री र सहयोगीसहित सबैलाई भेट्न थाल्नुका साथै शुक्रबारदेखि मन्त्रिपरिषद बैठकसहित आफ्ना नियमित कारबाही सुरु गर्ने जानकारी बालुवाटार निकट स्रोतले दिएको छ । 
मन्त्रिपरिषद बैठकमा नियमित र औपचारिक एजेन्डामात्र रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । मन्त्रिपरिषदमा सात सचिव र सात जना डीआईजीको एआईजीमा बढुवा, १६ राजदूतको नियुक्ति र संविधानसभामा २६ सदस्यको मनोनयन गर्नुपर्ने एजेन्डा था“ती रहेका छन् । मन्त्रिपरिषदमा यी तीनमध्ये सचिव बढुवाको निर्णय भने शुक्रबार हुने जानकारी स्रोतले दिए । 


No comments:

Post a Comment