Tuesday, July 15, 2014

रिक्त सात सचिवका लागि बढुवाको प्रक्रिया सुरु

काठमाडौं, ३१ असार– सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त सात सचिवका लागि बढुवाको प्रक्रिया सुरु गरेको छ । सरकारले लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमी अध्यक्ष रहेको बढुवा समितिको बैठक सोमबार बोलाएर सचिव बढुवाको प्रक्रिया सुरु गरेको हो ।
रक्षा र परराष्ट्र मन्त्रालय तथा पा“चवटा क्षेत्रीय प्रशासन कार्यालयमा सचिव पद रिक्त छ । बढुवा समितिको पहिलो बैठकले पदोन्नतिका लागि पा“च वर्ष कार्यसम्पादन मूल्यांकन पूरा भई सचिवका लागि योग्य भएका सहसचिवहरू फाइल अध्ययन सुरु गरेको जानकारी स्रोतले दिए ।
बढुवा समितिले सामान्य प्रशासन मन्त्रालयलाई योग्य सहसचिवहरूमध्ये विभागीय कारबाही भएका र ‘सिनियर एक्युजिक्युटिभ डेभलप्मेन्ट प्रोगाम’ नामक प्रशिक्षण नलिएकालाई छाडेर बा“कीको सूची तयार गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

सामान्यले सूची तयार गरेपछि बढुवा समितिको बुधबार बस्ने बैठकले रिक्त सात सचिवमध्ये २० प्रतिशत सिटमा सबभन्दा वरिष्ठ सहसचिवको नाम सिफारिस गर्नेछ ।

बा“की छ पदका लागि कार्यसम्पादनक मूल्यांकन नम्बर र ज्येष्ठता हेरी निजामती ऐनअनुसार तेब्बर अर्थात १८ जनाको नाम सिफारिस गर्नेछ । रजवार स्वतः सचिवमा बढुवा हुनेछन् भने बा“की छ पदका लागि मन्त्रिपरिषद बैठकले सिफारिसमा परेका १८ सहसचिवमध्येबाट जोकोहीलाई सचिवमा बढुवा गर्न सक्नेछ ।

No comments:

Post a Comment