Thursday, July 24, 2014

प्रधानमन्त्रीको ‘रेस्ट’ ले सरकारका कामकारबाही प्रभावित

भारतीय विदेशमन्त्रीको उपस्थितिमा जीएमआरसित पीडीएमा हस्ताक्षर गर्ने तयारीसमेत प्रभावित
एआईजी बढुवा, सचिवको पदोन्नति, संवैधानिक तथा राजदूत नियुक्तिसमेत पछि धकेलिने
काठमाडौं, ८ साउन– अमेरिकामा फोक्सोको क्यान्सरको उपचार गराएर मंगलबार सा“झ फर्किएका प्रधानमन्त्री सुशील कोइराला निवासमा कम्पलिट रिेस्ट (पूर्ण आराम) गरिरहेकाले सरकारका सम्पूर्ण कामकारबाही प्रभावित हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार चिकित्सकको सल्लाहअनुसार कोइराला पूर्ण आराम गरिरहेका छन् । 
कोइराला बुधबार कार्यालयमा पनि गएनन् । उनले बुधबार आफ्ना पार्टी नेता, मन्त्री, आफ्ना सहयोगी कसैसित पनि भेटघाट गरेनन् । ‘उहा“को क्यान्सरको उपचार गरेका अमेरिकी चिकित्सकले उहा“लाई रेडियोथेरापी दिएको केही दिनसम्म रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ । मान्छेहरूसित भेटघाट गर्दा र व्यस्त हु“दा इन्फेक्सन भई रोग बल्झिन्छ भनेर केही दिन पूर्ण आराम गर्न सल्लाह दिएका छन्’ स्रोतले भने– ‘उहा“ केही दिन कार्यालयमा पनि जानुहुन्न, कुनै बैठकमा समेत सहभागी हुनुहुन्न ।’ प्रधानमन्त्री कति दिन पूर्ण आराममा बस्न चिकित्सकले सल्लाह दिएका छन् भन्नेबारेमा उनका सहयोगीले केही जानकारी दिएनन् ।
प्रधानमन्त्री पूर्ण आराममा रहेकाले बहुप्रतीक्षित लगानी बोर्डको बैठकसमेत प्रभावित भएको छ । प्रधानमन्त्री लगानी बोर्डका अध्यक्ष हुन् । लगानी बोर्डले नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको उपस्थितिमा माथिल्लो कर्णाली आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जीएमआरसित आयोजना विकास सम्झौता (पीडीए) को प्रारम्भिक मस्यौदामा हस्ताक्षर गर्ने तयारी गरेको थियो ।
स्वराज नेपालको तीनदिने भ्रमणमा शुक्रबार आउ“दैछिन् । स्वराजको उपस्थितिमा पीडीएको प्रारम्भिक मस्यौदामा हस्ताक्षर हु“दा नेपालको ऊर्जा क्षेत्रको विकासमा दुई देशबीच सहकार्य सुरु भएको सन्देश जाने विश्वास लगानी बोर्डका अधिकारीहरूको थियो । तर, प्रधानमन्त्री रेस्टमा भएकाले भारतीय विदेशमन्त्री आउनुअघि लगानी बार्डको बैठक बस्ने÷नबस्ने अनिश्चित भएको छ । बैठक बस्न सकेन भने भारतीय विदेशमन्त्रीको उपस्थितिमा जीएमआरसित पीडीएको मस्यौदामा हस्ताक्षर गर्ने कार्यसमेत प्रभावित हुनेछ ।
प्रधानमन्त्रीका कारण मन्त्रिपरिषदको बिहीबार बस्ने नियमित बैठकसमेत यसपटक नहुने भएको छ । बिहीबारका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छैन । प्रधानमन्त्री रेस्टमा रहेकाले मन्त्रिपरिषद बैठक अझै केही दिन नबस्ने जानकारी बालुवाटार स्रँेतले दिएको छ ।

मन्त्रिपरिषद बैठक नबस्दा लामो समयदेखि था“ती रहेका सात डीआईजीको एआईजीमा बढुवा, राजदूत नियुक्ति, सात सचिवको पदोन्नतिजस्ता महत्वपूर्णसहित अरू औपचारिक निर्णयसमेत पछाडि धकेलिने भएको छ । एआईजीको बढुवा नौ महिनादेखि हुन नसकेको छैन भने विभिन्न १६ मुलुकका लागि राजदूत नियुक्ति गर्नु छ । भारतमा राजदूत रिक्त भएको तीन वर्ष बढी भइसकेको छ ।
सात सचिवको बढुवा नहु“दै बिहीबारदेखि थप १२ मन्त्रालय र निकाय प्रशासनिक नेतृत्वविहीन हु“दैछन् । महत्वपूर्ण मन्त्रालय र निकाय गरी १९ वटा सचिवविहीन भएपछि १५ वटा निमित्त सचिव र ४ वटा कामुका भरमा चलाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । निमित्त सचिवलाई दैनिक प्रशासन चलाउनेबाहेक नया“ नीतिगत निर्णय गर्ने अख्तियारी नहुने भएकाले महत्वपूर्ण मन्त्रालयसहित १५ निकायको काम प्रभावित हुनेछ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संवैधानिक नियुक्तिका लागि सम्भाव्य र योग्य व्यक्तिहरूको रोस्टर तयार गरे पनि कोइरालाका कारण संवैधानिक परिषदको बैठक तत्काल बस्न नसक्ने भएकाले निर्णय पछि धकेलिने भएको छ । मानव अधिकार आयोग पूरै पदाधिकारीविहीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन आयुक्त र लोकसेवा आयोगमा दुई सदस्य पद लामो समयदेखि रिक्त छन् ।







No comments:

Post a Comment