Sunday, July 27, 2014

कामु जिशिअसहित तीनविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, ११ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाका तत्कालीन कायममुकायम जिल्ला शिक्षा अधिकारी हेमन्तकुमार सिंहसहित तीन जनाविरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
सिंहसहितले सर्लाही जिल्लाको भाङसार– ४ मा हु“दै नभएको सामुदायिक प्राथमिक विद्यालयका नाममा ‘झोले विद्यालय’ खडा गरी १६ लाख ८८ हजार ९ सय ७९ रुपैया“ बराबरको सरकारी रकम बद्नियतपूर्वक हिनामिना गरेकाले उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा सिंहसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललिता यादव र प्रधानाध्यापक जयनारायण यादव छन् । उनीहरूले हु“दै नभएको झोले विद्यालयका नाममा झूटो विवरण पेस गरी २०६६÷६७ देखि ०७०÷७१ सम्म विभिन्न शीर्षकमा सरकारी रकम निकासा गरी मिलोमतोमा सरकारी रकम भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार झोले विद्यालयहरूको स्थलगत अध्ययनका क्रममा उक्त अनियमितता भएको पत्ता लागेको हो । अख्तियारले उनीहरू तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार हदैसम्मको कैद सजाय, बिगो तिराउन र सोबराबरको जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ ।


No comments:

Post a Comment