Saturday, June 1, 2019

कर्मचारीको कसको तलब कति पुग्यो ?

काठमाडौं, १५ जेठ– सरकारले राष्ट्रसेवक कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ ।
झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।
सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६ रुपैया“ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९ हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैया“ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैया“ पुगेको छ ।
सबै तहका कर्मचारीलाई दिइ“दै आएको मासिक २ हजार रुपैया“ मह“गी भत्ता, वार्षिक ७ हजार ५ सय कपडा भत्ता बजेटमा यथावत् राखिएको छ । दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीलाई दिइ“दै आएको सय प्रतिशतसम्मको प्रोत्साहन भत्तासमेत यथावत् छ । 

कसको तलब कति ?
पद    हालको तलब     वृद्धि प्रतिशत    थपिएको तलब    वृद्धिपछिको कुल तलब
कार्यालय सहयोगी    १६,२३०    २०    ३,२४६    १९,४७६
खरिदार    २२,१७०        २०    ४,४३४    २६,६०४
नासु    २३,५००        २०    ४,७००    २८,२००
शाखा अधिकृत ३०,५००    १८    ५,४९०    ३५,९९०
उपसचिव    ३४,२२०        १८    ६,१६०    ४०,३८०
सहसचिव    ४०,१५०        १८    ७,२२७    ४७,३७७
सचिव    ५१,४२०        १८    ९,२५६    ६०,६७६
मुख्यसचिव    ५५,२००        १८    ९,९३६    ६५,१३६


No comments:

Post a Comment