Saturday, June 8, 2019

दुई अधिकृतसहित चार जना रंगेहात पक्राउ

काठमाडौं, २४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र प्रहरी अधिकृतसहित चार जनालाई घूस रकमसहित पक्राउ गरेको छ । माडी–लुंग्र्री करिडोर सिंचाइ आयोजना, रोल्पाका इन्जिनियर तारा श्रेष्ठलाई योजनाको अन्तिम बिल भुक्तानीका बेला सेवाग्राहीस“ग लिएको १ लाख रुपैया“ घूससहित समातिएको अख्तियारले जनाएको छ ।
अख्तियारले इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई समेत पक्राउ गरेको छ । प्रक्रिया पूरा गरी गैडहवा गाउँपालिकाअन्तर्गत नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग लिएको १५ हजार रुपैयाँ घूससहित बस्नेतलाई समातिएको अख्तियारको भनाइ छ ।
मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई पनि अख्यितारले घूससहित पक्राउ गरेको छ । स्वामित्व विवादका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेको गोकर्णेश्वर नगरपालिका ४ मा रहेको जग्गाको प्रमाणित मिसिल उपलब्ध गराउन सेवाग्राहीसँग २ हजार रुपैयाँ घूससहित श्रेष्ठ पक्राउ समातिएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण, हजमिनिया रौतहटका जवान अरुण झा पनि पक्राउ परेका छन् । उनले नेपाल–भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ । चारै जनालाई हिरासतमा राखी भ्रष्टाचार अभियोगमा छानबिन भइरहेको छ ।


No comments:

Post a Comment