Saturday, June 15, 2019

कमलपोखरीमा पार्क बनाउन प्रहरी चौकी मालीगाउँ सारिने

काठमाडौं, ३१ जेठ– सरकारले महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय मालीगाउ“ सार्ने भएको छ ।
काठमाडौं महानगरको प्रस्तावमा मन्त्रिपरिषद्ले कमलपोखरी वृत्त रहेको ठाउ“मा पार्क बनाउन सार्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा कमलपोखरी प्रहरीलाई मालीगाउ“स्थित बालमन्दिरको जग्गामा सार्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बा“स्कोटाले जानकारी दिए । महानगरले ‘बृहत् कमलपोखरी’ योजना अघि बढाउ“दै प्रहरी चौकी सार्न सरकारलाई दबाब दि“दै आएको थियो ।
प्रहरी चौकी साढे ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । चौकीलाई मालीगाउ“को हाल शिक्षाका लागि खाद्यान्न परियोजनाले प्रयोग गर्दै आएको भवनमा सारिनेछ । भवनमा चार रोपनीको परिसर छ । कमलपोखरी वृत्तमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा करिब एक सय प्रहरी बस्दै आएका छन् । 
त्यहा“ प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा ट्राफिक प्रहरीको टोलीसमेत बस्दै आएको छ । ट्राफिक प्रहरीलाई कहा“ सार्ने भन्नेबारे मन्त्री बा“स्कोटाले केही बताएनन् ।


No comments:

Post a Comment