Friday, June 21, 2019

निलम्बित सांसद चौधरीलाई अस्पतालमा पनि नेल

काठमाडौं, ६ असार– डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गरिएको छ । फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाएको छ । ‘अस्पतालमा उपचाररत हु“दा पनि प्रहरीले चौधरीमाथि दमन गर्न छाडेको छैन । कारागारभित्र रह“दा नेल र हतकडी नलगाए पनि अस्पतालमा लगाइएको छ,’ चौधरीको पारिवारिक स्रोतले भन्यो । त्यहा“ उनलाई कडा सुरक्षाभित्र राखिएको छ । चौधरी भाग्न नसकून् भनेर नेल लगाइराखिएको प्रहरी स्रोतको दाबी छ ।
दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो । फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ । ढाडको बोनम्यारोमा पनि समस्या देखि“दा उनी हि“डडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ ।
चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन् । उनलाई कम्तीमा १० दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएको पारिवारिक स्रोतको भनाइ छ । चिकित्सकले चौधरीलाई दैनिक थेरापी गर्न र बेड रेस्ट गर्न सुझाएका छन् ।
मानव अधिकारवादी अधिवक्ता ओमप्रकाश अर्यालले अस्पतालमा उपचाररत बिरामीलाई नेल लगाएर राख्नु अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको विश्वव्यापी सिद्धान्तको प्रतिकूल भएको बताए ।
‘बिरामी भएकै कारण कैदीलाई अस्पतालमा लगिने हो, अस्पतालमा हतियारधारी सुरक्षाकर्मीले भाग्न नपाओस् भनेर सुरक्षा दिएकै हुन्छन् । सुरक्षाकर्मीको पहरा हु“दाहु“दै पनि बेडमा रहेको बिरामी कैदीलाई नेल लगाएर राख्नु अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको विश्वव्यापी सिद्धान्तका दृष्टिले सुहाउने र मिल्ने कुरा होइन । यो बिरामीमाथिको थप यातना हो,’ उनले कान्तिपुरसित भने ।
संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए ।
सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा शपथग्रहणको मौका दिएको थियो । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसदबाट निलम्बित छन् ।


No comments:

Post a Comment