Monday, June 24, 2019

नेपालीको खुसी मापन गरिंदै

काठमाडौं, ८ असार– सरकारले नेपाली जनताको खुसी मापन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ मा तथ्यांक विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्न लागेको हो ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा अघि सारेको छ । यही नारालाई आधार बनाएर विभागले सर्वेक्षणमार्फत नेपाली जनताको खुसीको वास्तविक स्थिति मापन गर्न लागेको हो । विभागले आर्थिक वर्ष सुरु भएपछि सर्वेक्षण थाल्ने गृहकार्य सुरु गरेको छ । सर्वेक्षणको मापदण्ड तयार गर्न भने बा“की छ । २०७६÷७७ को बजेटमा मुलुकमा नेपाली जनताको खुसीको मापन गर्न आवश्यक रकमसमेत विनियोजन गरिएको छ ।
छिमेकी मुलुक भुटानले वैज्ञानिक मापदण्ड तय गरी जनताको खुसी मापन गर्दैै आएको छ । यसका लागि भुटानले जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, सकारात्मक मनोभावना, सुशासन, सांस्कृतिक प्रवद्र्धनलगायत मापदण्ड बनाएको छ ।
राष्ट्रसंघीय दिगो विकास समाधान संयन्त्रले केही समयअघि ‘वल्र्ड ह्यापिनेस रिपोर्ट’ सार्वजनिक गरेको थियो । रिपोर्टअनुसार फिनल्यान्ड पहिलो खुसी मुलुक पहिचान भएको थियो भने नेपाल १०० औं नम्बरमा परेको थियो ।

No comments:

Post a Comment