Saturday, June 1, 2019

१० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १५ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा भन्सार कार्यालयका अधिकृत मानप्रसाद विकसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिलेमतोमा एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिद प्रयोग गरी दुई अलगअलग मालवाहक ट्रक भन्सार कार्यालयबाट जा“चपास गराई ५३ लाख ९४ हजार रुपैयाँ सरकारलाई हानिनोक्सानी पु¥याएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा अधिकृतसहित भन्सार कार्यालयका खरिदार अतुलकुमार शर्मा, नासुद्वय शिशिरविक्रम शाह र रामचन्द्र भट्ट, भन्सार एजेन्ट जगतराज दाहाल र मालसामान धनी राजनप्रसाद तिमल्सिना छन् । अख्तियारले यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, वीरगन्ज, पर्साका नासु बद्रीप्रसाद दाहालसहित तीन जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनले दाहाल, लेखापढी व्यवसायी रोशनकुमार रौनियार र सुनीलकुमार यादवले ३१ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले अर्यालमाथि २ करोड ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।
अख्तियारका अनुसार २०५९ भदौ २३ मा सेवा प्रवेश गरेका अर्यालले २०७५ मंसिरसम्ममा ४ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको भेटिएको छ । यो अवधिमा उनले २ करोड ४९ लाख रुपैयाँ मात्र वैध आर्जन गरेका छन् । अख्तियारले उनीसहित श्रीमती सरिता नेपाललाई समेत प्रतिवादी बनाएको छ ।

No comments:

Post a Comment