Friday, June 28, 2019

१२ सय जना हजयात्रामा साउदी जाँदै

काठमाडौं, १३ असार– यस वर्ष नेपालबाट एक हजार २ सय जना मुस्लिम धर्मावलम्बी हजयात्रामा जाने भएका छन् । नेपालबाट २ हजार जनालाई पठाउन पहल गरिए पनि जम्मा १२ सय जना मात्रै जान पाउने भएको नेपाल हज समितिले जनाएको छ । अघिल्लो वर्ष पनि हजयात्रामा १२ सय जना गएका थिए ।
समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समीर मिया“ले नेपालबाट हजयात्रीको कोटा एक हजार बढाउन माग गरिएकामा साउदी सरकारले ५ सय थप्ने मौखिक आश्वासन दिए पनि पूरा हुन नसकेको बताए । समितिले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावासमार्फत कोटा बढाउने प्रयास गरेको थियो ।
उनले आगामी वर्षका लागि नेपाली हजयात्रीको कोटा बढाउनका लागि साउदी अरबसित अहिलेबाटै कूटनीतिक पहल गरिदिन सरकारलाई समितिका तर्फबाट आग्रह गरिएको जानकारी दिए । समितिका अनुसार प्रतिहजयात्री करिब २ लाख ३० हजार रुपैया“ खर्च लाग्छ । यो रकम हज यात्रीले नै ब्यहोर्छन् । समितिले १० देखि १५ हजार रुपैया“ हरेक हजयात्रीलाई राहतस्वरूप फिर्ता गर्ने गरेको छ ।
समितिका अनुसार साउन २ देखि १० गतेभित्र हजयात्री साउदी पुग्नेछन् । समितिले दैनिक १ सय ५० जनाका दरले एयर अरेबियाको जहाजबाट हजयात्री लग्नेछ । साउदी अरबमा ४२ दिनको हजयात्रा सकेपछि हजयात्रीहरू स्वदेश फर्कने छन् । आगामी साउन २ देखि हजयात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको समितिले जनाएको छ । हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रूपले बढाउने तयारी भइरहेको समितिले जनाएको छ ।
विगतभन्दा कम रकममा हज गराउने प्रयास भए पनि साउदी सरकारले हजयात्रीको खर्च बढाएकाले समस्या भएको समितिका अध्यक्ष मिया“ बताउ“छन् । उनले हजयात्रीको सहज व्यवस्थापनका लागि अनुदान रकम उपलब्ध गराउन सरकारस“ग माग गरिएको बताए । यस वर्ष नेपाली रुपैया“को तुलनामा साउदी रियालको भाउ बढेकाले प्रतिहाजीको कुल खर्चमा झन्डै ५ हजार रुपैया“ बढेको जानकारी समितिले दिएको छ । यसपटक साउदी सरकारलाई प्रतिहाजी स्थानीय यातायात खर्च १५ हजार १ सय ८० रुपैया“ बुझाउनुपर्छ ।



No comments:

Post a Comment