Monday, June 24, 2019

सुसाइड नोट विमलाकै भएको पुष्टि

काठमाडौं, ८ असार– शैक्षिक अभियन्ता उत्तम सञ्जेलले बौद्धमा सञ्चालन गरेको समता अस्पतालमा मृत भेटिएकी विमला तामाङको खल्तीबाट बरामद चिट (सुसाइड नोट) उनले नै लेखेको प्रमाणित भएको छ । अनुसन्धान अधिकारीहरूले विमलाले छोरालाई भर्ना गर्दा विद्यालयमा भरेको फारम र भेटिएको नोटका अक्षर मेल खाएको पत्ता लगाएको स्रोतको दाबी छ ।
नोटमा अस्पतालकी व्यवस्थापक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी (सञ्जेल), प्रिथकुमारी श्रेष्ठ र संगीता केसीको नाम उल्लेख छ । प्रहरीले उनीहरू तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर थुनामा राखी अनुसन्धान गरिरहेको छ । सुसाइड नोटमा उल्लिखित विषयले घटनाको छानबिनमा सहयोग पुग्ने प्रहरीको दाबी छ ।
प्रहरी वृत्त गौशालामा विमलाका आफन्तले आइतबार उत्तम सञ्जेललाई समेत पक्रिन माग गर्दै दिनभर प्रदर्शन गरे । विमलाको हत्या भएको र त्यसमा उत्तमसमेत जिम्मेवार रहेको उनीहरूको दाबी छ । विमलाको पोस्टमार्टम रिपोर्ट आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ । विमलाले झुन्डिएर आत्महत्या गरेको र त्यसको कारण पत्ता लगाउने कोसिस गरिएको प्रहरी स्रोतको भनाइ छ ।

No comments:

Post a Comment