Wednesday, June 26, 2019

राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता

‘खारेजीको माग गरी सरकारसँग जोरी खोज्ने निहुँ नबनाऔं’
काठमाडौं, १० असार– सरकारले संघीय संसद्बाट मंगलबार गुठी विधेयक २०७५ फिर्ता लिएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकले सर्वसम्मतिबाट विधेयक फिर्ता गर्न स्वीकृति दिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता गर्न राष्ट्रिय सभा बैठकमा प्रस्ताव राखेकी थिइन् ।
बैठकमा बोल्दै मन्त्री अर्यालले जनभावनालाई कदर गरी सरकारले विधेयक फिर्ता लिएको उल्लेख गर्दै फेरि गुठी विधेयक खारेजीको माग गरेर सरकारस“ग जोरी खोज्ने निहु“ नबनाउन चेतावनी दिइन् । उनले समस्या समाधान भइसकेको विषयलाई छाडेर मुलुकको विकास र समृद्धिका बारेमा बहस गर्न आग्रह गरिन् । 
‘यतिबेला फेरि हल्ला गरि“दै छ । विधेयक फिर्ता गरेरमात्र पुग्दैन, खारेज नै गर्नुपर्छ भनेर । अचम्म लाग्छ जुन चीज थियो, त्यो चीज झिकेर लगियो । अब कुन चीजको खारेजी हो ? प्रश्न गर्न चाहन्छु,’ उनले भनिन् । उनले विधेयकमा हुँदै नभएको कुराका बारेमा भ्रम छर्ने काम भएको र त्यसमा सरकारलाई वास्तविक कुरा राख्ने अवसरसमेत नदिइएको दाबी गरिन् । विधेयकबारे हल्ला फि“जाएर गुठियारलाई उत्तेजित पार्ने काम भएको उनले बताइन् ।
उनले विधेयकमा नमिलेका कुरा छलफल गरी मिलाएर जाऊ“ भन्ने प्रस्ताव सरकारले गर्दागर्दै पनि समाधानमा नभई इगो बनाउने दिशामा आन्दोलन अघि बढेको टिप्पणी गरिन् । ‘गुठियारहरूको हकअधिकार स्वतः समाप्त गरी राज्यले गुठीमाथि हस्तक्षेप गर्न लागेको भनी प्रश्न उठाइयो । त्यो कुरा विधेयकमा थि“दै थिएन,’ उनले भनिन् ।


No comments:

Post a Comment