Sunday, June 16, 2019

लोकसेवाको विज्ञापन नरोक्न चेतावनी

काठमाडौं, ३२ जेठ– लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिले स्थानीय तहका लागि कर्मचारी भर्ना गर्न गरेको विज्ञापन रोकिए विद्यार्थीमा डिप्रेसन बढ्न सक्ने बताएको छ । त्यसैले यसलाई कुनै पनि अवस्थामा नरोक्न उसको आग्रह छ ।
समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि लाखौं विद्यार्थी अन्यौलमा परेको उल्लेख गर्दै विज्ञापन नरोक्ने चेतावनी दिएको हो ।
समितिले स्थानीय निकायमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन रोकिए लाखौं युवा डिप्रेसनको शिकार हुने उल्लेख गरेको छ । समितिले आवेदन दिइसकेका झन्डै २ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड भए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल नगर्न आग्रह गर्दै विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन माग गरे । समितिका सह–संयोजक विजय लुइ“टेलले स्थानीय तहमा करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा विज्ञापन रोकिएमा मुलुकमा दूरगामी असर पर्नेतर्फ सतर्क हुनसमेत सरकारलाई आग्रह गरे ।

No comments:

Post a Comment